रेल किन्न मन्त्रालयलाई स्वीकृति, पानी जहाज कार्यालय स्थापना



हाम्रो इकोनोमि

 

सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए ।

 

सरकारले जनकपुर-जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।

 

यसैबीच, सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्ने भएको छ । सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बास्कोटाले बताए ।

 

अब पानी जहाज कागजमा सिमित हँदैन

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी सहित पानी जहाज कार्यालयले काम थाल्ने बताए । उनले अब कागजको पानी जहाज होइन साँच्चै पानी जहाज चलाउन कार्यालय स्थापना भएको दावी गरे ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज चलाउने घोषणालाई व्यंग्य गर्दै कांग्रेस कार्यकर्ताले केही समयअघि कागजको पानी जहाज बनाएर प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओलीले नेपालबाट पानी जहाजको टिकट काटेर घुम्न जाने र पहिलो भ्रमणमा आफ्ना आलोचकलाई लैजानेसमेत बताएका थिए ।

 

प्रम ओलीले भने: चीन र भारतबाट रेलले ल्याउने सामान यहीँ राखिन्छ

 

प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर नगरपालिका स्थित चोभारमा आज सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन्।साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाह निर्माणको शिलान्यास भएको हो। बन्दरगाह निर्माण भएपछि काठमाडौँका लागि उपभोग्य वस्तुको अभाव नहुने प्रधानमन्त्री ओलीले शिलान्यासका क्रममा बताए।

 

दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाह ओलीको कथन थियो। देश तीब्र विकासको गतिमा अघि बढ्ने बताउँदै प्रम ओलीले सरकारका एक वबर्ष कानुन निर्माण र अन्य तयारीमा बिताएको तर्क गरे। ‘संविधान थियो, तर कानुन थिएन’ ओलीले भने, त्यसले गर्दा एकबर्ष हामीले कानुन बनाउने काममा बितायौंँ। अब काम गर्ने वातावरण बनाएका छौँ। देश अब तीब्र गतिमा अघि बढ्छ।’

 

बन्दरगाह निर्माणले स्थानीयबासीहरुका लागि रोजगारीका धेरै अवसर सृजना हुने दावीपनि प्रधानमन्त्री ओलीले गरे। ‘यो बन्दरगाहको निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ, यातायातले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ’ उनले थपे, ‘स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस्, सरकारले सकारात्मक ढंगले लिनेछ।’ गुणस्तरमा सम्झौता नगरी समयमै काम सम्पन्न गर्न प्रम ओलीले निर्माण कम्पनीसँग आग्रह गरे। यो बन्दरगाह १ अर्ब ४८ करोड ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुन लागेको हो।

 

प्रधानमन्त्रीले गरे चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

 

स्थानीयको विरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाकै ठूलो सुख्खा बन्दरगाहको बिहीबार शिलान्यास गरेका छन् । कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

 

बन्दरगाहको शिलनयासको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि उनीहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित साबिकको हिमाल सिमेन्ट कारखानमा बन्न लागेको सुक्खा बन्दरगाहको स्थानीयले विरोध गर्दै आएका छन् । विरोध चोभार संरक्षण समितिको अगुवाइमा भएको हो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...