विधेयकको अध्ययन नै नगरी द्वन्द्व निम्त्याउन केसी अनशन बसे: भट्टराई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका माग पुरा गरिसकेको बताएका छन् । नेता भट्टराईले विधेयकको राम्रोसंग अध्ययन नै नगरी डा.केसी फेरी अनसनमा बसेर चिकत्सा शिक्षा विधेयकको काधमा बन्दुक राखेर अन्तै पड्काएर द्वन्द्व निम्त्याउन खोजेको आरोप समेत लगाए ।

 

बिहीबार बिहान झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रतिनिधि सभा सांसद समेत रहेका नेता भट्टराईले विदेशतिर विद्यार्थी बेच्न खुलेका काराखानाहरुले गोबिन्द केसीलाई उचालेर पटकपटक अनसन बसाल्ने काम गरेको समेत दावि गरे ।

 

नेता भट्टराईले केसीको पछाडि मात्र लागेर देशका कुनै पनि ठाउँमा अझै १० वर्ष अस्पताल खोल्न नसकिने बताए । उनले स्वविवेक प्रयोग गरेर समितिले उनका मागमा अझ केही थपेर विधेयक संसदमा पेस गरेको बताउदै भने, ‘केसीले टेक्दैमा कुनै पनि ठाउमा सुन फल्दैन, उनी त्यति पबित्र पनि छैनन्, सुन फलाउन मेहनत गर्नु पर्छ ।’

 

उनले पूर्वी नेपालका धेरै नेपाली भारतको सिलिगुडीसहितका क्षेत्रमा गएर उपचार गराउन बाध्य रहेकाले त्यहाँका डाक्टर नेपालीको पैसाले धनी भएको बताए । यस्तोमा नेपालमै डाक्टरको उत्पादन र अस्पताल खुल्ने वातावरणको बाधक बन्नुको औचित्य त्यति नदेखिएको नेता भट्टराईले बताए ।

 

विधेयकमा ५ वर्ष पछिबाट प्रमाणपत्र तह भन्दा मुनि पढाइ हुने कलेजलाई मापदण्ड पुगेमा आवश्यकताअनुसार अपग्रेड गरिने पनि नेता भट्टराईले बताए । नेता भट्टराईले नेकपा वा कांग्रेसको नेता भएको भरमा अब मेडिकल कलेज चलाउने सपना कसैलाई नदेख्न चेतावनी दिए ।उनले विधयेक संसदबाट पास भए पछि अबको ५ वर्ष भित्रमा सबै प्रदेशमा सरकारी मेडिकल कलेज अनिवार्य खुल्ने समेत दावि गरे ।

 

गगन थापाले भने गोविन्द केसीलाई मार्ने षडयन्त्र हुँदैछ

 

नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीसाग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ तर, सरकारले औपचारिक सम्वाद समेत सुरु गरेको छैन ।

 

बिहीबार पत्रकार सम्मेलन गरेर पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले चिकित्सा शिक्षा विधेयक अब संसदीय समितिबाट सरकारको हातमा पुगेको बताए । ‘समिति सकियो, अब सरकारको कुरा हो । प्रधानमन्त्रीको एउटा आदेशले डा. केसीसाग भएको सम्झौता अनुसार विधेयक पारित हुनसक्छ,’ उनले भने, ‘सम्झौता बमोजिम विधेयक बनाउन प्रधानमन्त्रीजीले अग्रसरता लिनहुन्छ भन्ने विश्वास छ ।’

 

डा. केसी न कांग्रेस, न कम्युनिस्ट

कांग्रेस सांसद थापाले डा. केसीलाई काम्युनिस्ट विरोधी र कांग्रेसको विल्ला भिराएकोमा असन्तुष्टि जनाए । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसन बस्दा डा. केसीले सरकारको को छ भनेर कहिल्यै नहेरेको स्मरण गर्दै उनले भने, ‘जनताको स्वास्थ्यका लागि लड्नु कम्युनिस्ट विरोधी हुनु हो र ?’

 

डा. केसीका १६ मध्ये ७ वटा अनसन हुादा कांग्रेस नै सरकारमा रहेको तथ्यांक उनले प्रस्तुत गरे । राजनीतिक दल, अदालत, अख्तियार सबै मिलेर चिकित्सा क्षेत्रलाई ध्वस्त पार्न लाग्दा डा. केसी त्यसको विपक्षमा उभिएको उनले बताए ।

 

डा. केसी पटक पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको भन्दै सांसद थापाले भने, ‘गोविन्द केसी फकिर हुन्, उनको कुनै स्वार्थ छैन । तर, सयौं हठी गोविन्द केसी चाहिएको बेला भएकालाई पनि मार्न तयार भएका हौं ?’

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...