यस्तो रुपमा देखिए र्‍यापर साकार अधिकारी (भिडियो)



हाम्रो इकोनोमि

 

सामाजिक सञ्जालमा अश्लिल गालीहरुमार्फत चर्चित भएका र्‍यापर हुन् साकार अधिकारी।

फेसबुक लाइभ गरेर अनेक अभिव्यक्ति दिएर र्‍यापर साकार अधिकारी उर्फ लील बुद्ध लामो समय चर्चामा रहे।

धेरैले उनको मानसिक स्वास्थ्य ठिक नभएको भनेपछि उनलाई अष्ट्रेलियाबाट नेपाल फर्काइएको थियो।

उनी अहिले नेपालमै छन्। केही दिन अगाडि उनले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्।

गीतमा उनलाई अर्का र्‍यापर युनिक पोइटले साथ दिएका छन्। उक्त गीतलाई धेरैले रुचाएका छन् जसकारण गीत युट्युबको नेपाल ट्रेन्डिङ नम्बर ३ मा पर्न सफल भएको छ।

उनका फ्यान उक्त नयाँ गीतलाई र्‍यापरको पुनरागमनको रुपमा व्याख्या पनि गरेका छन्।

यसैबीच र्‍यापर साकारले युट्युबमा आफ्नो भिडियो ब्लग सुरु गरेका छन्।

पहिलो भिडियो ब्लगमा उनी घरमा पूजापाठ गरेको अवस्थामा देखिए।

हेर्नुस् भिडियो।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...