बाबुरामले रबिन्द्रलाई फकाएर नेकपामा छिराउने, ओलीलाई सिध्याउने दिल्लीमा बन्यो यस्तो योजना



हाम्रो इकोनोमि

 

नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिलाई सुदृढ गर्न विवेकशील साझासँग एकताका लागि आफूहरू खुला रहेको बताएका छन् । डा. भट्टराईले दुबै पार्टीहरुबीच विकल्प दिनुपर्छ भन्ने विषयमा समानता रहेको भन्दै एकताका लागि छलफल र बहसमा भाग लिन आफू तयार रहेको बताएका हुन् । र दुवै पार्टी संग एकता गरेर बाबुरामले नेकपा संग पार्टी मिलाउने योजना बनाएका छन्। भारतीयको योजनामा हुन लागेको उक्त कुरा भए पछी प्रचण्ड संग मिलेर नेकपा कब्जा गर्ने उनीहरुको योजना छ।

 

‘हामीमा अन्तरविरोधहरू पनि छन् तर विकल्प दिनुपर्छ भन्नेमा हाम्रो समानता छ’ भट्टराईले भने, ‘अन्तरविरोध सल्ट्याउनका लागि बहस र छलफल आवश्यक छ ।’विचारमा एकरूपता नभई एकता हुन नसक्ने बताउँदै डाक्टर भट्टराईले भने, ‘जसरी वहाँहरू(विवेकशील दल र विवेकशील साझा पार्टी) विचारमा एक नभई हतारमा एकता गर्नु भो र फेरि छुट्टिनुभो, त्यो खालको परिस्थिति आउने गरी एकता हुनु हुँदैन, यसमा हामी सजग छौं ।’

 

नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नयाँ ढंगले ध्रुवीकरण होस् र अग्रगामी विकल्पको खोजीमा सँगै जान सकियोस् भन्ने आफ्नो धारणा रहेको भट्टराईले बताए । ‘पश्चगामी विकल्प होइन, पञ्चहरूले भन्ने गरेको विकल्प पनि होइन’ भट्टराईले भने, ‘अग्रगामी प्रगतिशील र लोकतान्त्रिक विकल्प निर्माण गर्नका निमित्त हामी खुला छौं ।’

 

यसअघि विवेकशील साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले नयाँ शक्तिसँगको एकता र सहकार्यका लागि आफूहरू खुला तर सतर्क रहेको बताएका थिए ।

 

विवेकशील साझाका प्रवक्ता आचार्यले एकताका लागि विचारमा एकता हुनुपर्ने, राजनीतिलाई परिभाषित गर्ने तरिका एउटै हुनुपर्ने भन्दै त्यस्तो प्रकारको बहसमा आफूहरू खुला रहेको बताए । ‘निकासका लागि हाम्रो मात्र एकाधिकार रहेको छ भन्ने जडता हामीसँग छैन, वैकल्पिक राजनीति गर्ने सबै शक्तिहरू सँग एकता गर्न हामी खुला र उदार छौं’ आचार्यले भने, ‘हामीबाट छुट्टिएर गएकासँग पनि मन मिल्यो भने एक हुन सकिन्छ ।’

 

उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली दल र रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बनेको १७ महिनापछि पुस २७ गते विभाजित भएको थियो । विवेकशील साझा पार्टीबाट १६ जना केन्द्रीय सदस्यहरूले ‘विवेकशील नेपाली दल’ बनाउनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...