सरकारको राजिनामा माग्दै बुटवलमा कांग्रेसको विशाल प्रदर्शन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरिरहेको छ । दिउँसो राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ । कांग्रेसले कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा भनेको छ ।

 

जुलुस र सभामा भएको सहभागिता देखेर कांग्रेसका स्थानीय नेता उत्साहित भएका छन् । प्रदेश पार्टीको आधिकारिक निर्णय विना नै कांग्रेस रूपन्देहीले बुटवललाई राजधानी घोषणा गर्न माग राख्दै खबरदारीसभा गरिरहेको छ ।

 

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकका अनुसार खबरदारी सभामा कांग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कँडेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

सभाप्रति पश्चिम क्षेत्रका प्रदेशसभा सांसद असन्तुष्ट छन् । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी घोषणा गरेको १ वर्ष पुगेको अवसरमा खबरदारीसभा आयोजना गरिएको कांग्रेस रुपन्देहीले जनाएको छ ।

 

सभापति रज्जाकले दुईतिहाइ बहुमतको सरकार भएर पनि १ वर्षसम्म राजधानी तोक्ने र नामाकरण गर्ने काम नभएको भन्दै जनस्तरबाट दबाब सिर्जना गर्न लागिएको बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...