सरकारको राजिनामा माग्दै बुटवलमा कांग्रेसको विशाल प्रदर्शन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरिरहेको छ । दिउँसो राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ । कांग्रेसले कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा भनेको छ ।

 

जुलुस र सभामा भएको सहभागिता देखेर कांग्रेसका स्थानीय नेता उत्साहित भएका छन् । प्रदेश पार्टीको आधिकारिक निर्णय विना नै कांग्रेस रूपन्देहीले बुटवललाई राजधानी घोषणा गर्न माग राख्दै खबरदारीसभा गरिरहेको छ ।

 

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकका अनुसार खबरदारी सभामा कांग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कँडेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

सभाप्रति पश्चिम क्षेत्रका प्रदेशसभा सांसद असन्तुष्ट छन् । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी घोषणा गरेको १ वर्ष पुगेको अवसरमा खबरदारीसभा आयोजना गरिएको कांग्रेस रुपन्देहीले जनाएको छ ।

 

सभापति रज्जाकले दुईतिहाइ बहुमतको सरकार भएर पनि १ वर्षसम्म राजधानी तोक्ने र नामाकरण गर्ने काम नभएको भन्दै जनस्तरबाट दबाब सिर्जना गर्न लागिएको बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...