विद्यार्थी बेच्न खुलेका कारखानाले डा. केसीलाई उचाले– योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले नेपाल बाहिर विद्यार्थी बेच्न खुलेका काराखानाले डा. गोबिन्द केसीलाई उचालेर पटकपटक अनसन बसाल्ने गरेको आरोप लगाएका छन् ।

 

झापाको बिर्तामोडमा बिहीबार सञ्चारकर्मीसाग कुरा गर्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले चिकित्सा शिक्षा विधेयकले डा. केसीका माग पूरा गरिसकेको दावी गरे ।

 

उनले विधेयकको राम्रोसाग अध्ययन नै नगरी फेरि अनसनमा बसेर डा. केसीले चिकत्सा शिक्षा विधेयकको कााधमा बन्दुक राखेर अन्तै पड्काएर द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए ।

 

केसीको पछाडि मात्र लाग्ने हो भने कुनै पनि ठाउामा अझै १० वर्ष अस्पताल खोल्न नसकिने भएकाले समितिले स्वविवेक प्रयोग गरेर उनका मागमा अझ केही थपेर विधेयक संसदमा पेस गरेको भट्टराईको भनाइ छ । ‘केसीले टेक्दैमा कुनै पनि ठाउामा सुन फल्दैन, उनी त्यति पबित्र पनि छैनन्, सुन फलाउन मेहनत गर्नु पर्छ,’ उनले भने ।

 

भट्टराईले नेकपा या कांग्रेसको नेता भएको भरमा अब मेडिकल कलेज चलाउने सपना कसैलाई नदेख्न चेतावनी दिदै भने अघि भने, ‘विधयेक पास भए पछि अबको ५ वर्ष भित्रमा सबै प्रदेशमा सरकारी मेडिकल कलेज अनिवार्य खुल्ने छ ।’ विधेयकमा ५ वर्ष पछिबाट प्रमाणपत्र तह भन्दा मुनि पढाइ हुने कलेजलाई मापदण्ड पुगेमा आवश्यकताअनुसार अपग्रेड गरिने पनि भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...