खनाल हटाउने र कार्कीलाई आइजीपी बनाउने खेलमा बिचौलिया अर्यालको सक्रियता



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीमा आइजीपी हटाउनका लागि तानाबाना बुन्नेहरु सक्रिय हुँदैआएका छन् । नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । तर आइजीपी सर्वेन्द्र खनाललाई हटाउनका लागि नेपाली कांग्रेसका नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. आरजु देउवा, पोखराका ब्यापारी आनन्द बतासहरु लागेका छन् ।

खनाललाई हटाएर कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका आफन्त एआइजी पुस्कर कार्कीलाई आइजीपी बनाउने खेलमा त्रिकोण एडभर्टाइजिङ एजेन्सीका संचालक राजेन्द्र अर्याल पनि लागेका छन् । कार्कीलाई आइजीपी बनाउनका लागि अर्यालको एजेन्सीमार्फत् विज्ञापन बितरण गरी आइजीपी खनालबिरुद्ध समाचार प्रवाह गर्ने गरिएको छ ।

अर्यालले आइजीपी खनालका बिरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न नसकेको, ठेक्कामा अनियमितता गरेको, दुवईको कार्यक्रममा सुन तस्करसँग बसेको जस्ता प्रचार गर्नुपर्ने सर्त राखेर दिने गरेको समाचार छ । अर्यालले उनकै स्वामित्वको सेतो दरबार रेष्टुरेन्ट बालुवाटारमा बोलाएर आइजीपी खनालविरुद्ध समाचार दिने गरेका छन् ।

अर्याल मारवाडी ब्यापारीहरुसँग सम्बन्ध बढाउने, उनीहरुका बैंक, इन्स्योरेन्सहरुमा संचालक वा सल्लाहकारमा घुस्ने र तिनैका विरुद्ध मिडियामा समाचार प्रवाह गराउने र मिलाउने नाममा फाइदा लिने भनेर चिनिन्छन् । मारवाडी ब्यापारीका विरुद्ध आफैं समाचार दिने र आफैं मिलाउने भनेर बिचौलियाको काम उनले गर्दैआएका छन् ।

 

मारवाडी ब्यापारीका विरुद्ध प्रहरीलाई सूचना दिने काम पनि अर्यालले गर्दैआएका छन् । पछिल्लो समय उनले आइजीपी खनालका विरुद्ध मिडिया क्याम्पेनिङ गर्दैआएका छन् । यसरी आफैं धामी आफैं झाँक्री बन्ने उनको कर्तुत थाहा पाएपछि धेरै मारवाडी ब्यापारीहरु उनीसँग टाढिन थालेका छन् ।

पछिल्लो समयमा अर्याल आइजीपी हटाउन र कार्कीलाई ल्याउन ज्ञानेन्द्र कार्की, डा. आरजु देउवा, आनन्द बताससँग जोडिन पुगेका हुन् । उनीहरुकै लगानीमा एउटा अनलाइन संचालनमा आउन लागेको छ । जुन अनलाइनको जिम्मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका उनका प्रेस सल्लाहकार गोविन्द परियारलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...