केन्याको एक होटलमा आक्रमण, १५ को मृत्यु, सात सयको उद्धार



हाम्रो इकोनोमि

 

केन्याको राजधानी नैरोबीको वेस्टल्यान्ड जिल्लास्थित एक होटेल परिसरमा मंगलबार गराइएको आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्र समेत रहेको सो होटेल परिसरमा मंगलबार अपराह्न अल सबाब इस्लामिक आतंककारी समूहले आक्रमण गरेका थिए । विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेलगत्तै बन्दुकधारीहरुले गोली प्रहार गर्न शुरु गरेको बताइएको छ ।

 

आक्रमणमा परी विदेशी नागरिकसहित १५ व्यक्तिको मृत्यु भएको एक प्रहरीले नाम नबताउने शर्तमा एएफपी समाचार समितिलाई जानकारी दिएका छन । मारिएका व्यक्तिमध्ये एक अमेरिकी नागरिक रहेको विदेश विभागका अधिकारीले जानकारी दिएका छन् ।

 

अमेरिकी विदेश मन्त्रालयले पनि एक अमेरिकी नागरिक मारिएको पुष्टि गरेको छ। सो मन्त्रालयका अनुसार मारिनेमा जासन स्पिन्डलर नामका मानिस छन् । त्यसैगरी दोहोरो दक्षिण अफ्रिकी राष्ट्रियता भएका एक बेलायती नागरिक पनि आक्रमणमा मारिएको र अर्का एक जना घाइते भएको बेलायती विदेश मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

 

आक्रमणको जिम्मेवारी अल–कायदासँग आबद्ध सोमालियाको अल–सबाब समूहले लिएको छ । सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ ।

 

सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो । सन् २०१५ को अप्रिल २ मा पूर्वीकेन्यामा रहेको गारिस्सा विश्वविद्यालयमा सबाब समूहले गरेको आक्रमणमा कम्तीमा एक सय ४८ जनाको मृत्यु भएको थियो ।

 

सात सय व्यक्तिको उद्धार

यसैबीच आतंकवादी आक्रमणका कारण होटल परिसरमा फसेका करिब सात सय व्यक्तिलाई उद्धार गरिएको छ । आक्रमणका कारण होटलमा फसेका सयौं व्यक्तिलाई उद्धार गरिएको केन्याका राष्ट्रपति उहुरु केन्याटाले बताएका छन् ।

 

अल सबाब समूहका लडाकुले करिब २० घण्टा सो होटेल परिसर कब्जामा लिएका थिए । राष्ट्रपति केन्याटाले नैरोबीको होटल कब्जामा लिने सबै आक्रमणकारीलाई सरकारी सेनाले सखाप पारेको समेत जानकारी दिएका छन् ।

 

अधिकारीहरुले मंगलबार अबेर नै आक्रमणकारीहरुलाई परास्त गरिएको बताए पनि बुधबार बिहान गोली चलेको र विस्फोटको आवाज सुनिएको थियो । होटल आक्रमणमा कति लडाकु सहभागी थिए भन्नेबारे भने अझै प्रष्ट नभइसकेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

 

राष्ट्रको नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति केन्याटाले १५ मानिस मारिएको तर सात सय जनालाई सुरक्षित तरिकाले बाहिर निकालिएको बताएका छन् । राष्ट्रपतिले १५ जनाको मृत्यु भएको बताए पनि केन्याली रेड क्रसले भने मृतकको संख्या २४ भएको उल्लेख गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...