राहतले निर्मलाको घरमा तनाव, जेठी बुढी सिध्याउने यस्तो छ योजना



हाम्रो इकोनोमि

 

 

 

न्यायको लागी लडिरहेका निर्मलाका आमाबुबालाई अर्को तनाव थपिएको छ । छोरी वियोगको पीडासँगै न्यायको भिख मागिरहेकी दुर्गादेवी पन्तलाई चोटमाथि चोट थपिएको छ ।

 

अचेल उनीलाई श्रीमान यज्ञराजले दिनहुँजसो थप तनाव दिन्छन् । वर्षौदेखि बोलचालै बन्दसँगै छुट्एिर बसेका यज्ञराजले पछिल्लो समय पटक–पटक दुर्गादेवीमाथि कुटपिट गरिरहेका छन् । पछिल्लो उनीहरुबीच विवाद बढ्नुको मूल कारण होः सरकारले राहतस्वरुप दिने भनेको १८ लाख रुपैयाँ ।

 

वियोगको पीडा त छँदै छ, सरकारले दिने राहत रकम चाहिँ किन गुमाउनु ? भन्ने चाहन्छिन्, दुर्गादेवी । तर, राहत रकम सबै निर्मलाकी आमाले लैजालिन् र कान्छी श्रीमती अर्थात् निर्मलाकी सौतेनी आमा रिसाउलिन् भन्ने पिर छ, यज्ञराजलाई ।

 

अचेल ‘यज्ञराज आक्रामक हुनुको कारणः छोरीको न्यायका लागि होइन, राहत रकमको बाँडफाँटको विषयले हो’ भन्न थालिएको छ । दिनप्रतिदिन परिवारको स्थिति नाजुक हुँदै गएकोप्रति दुर्गादेवी निकै चिन्तित छिन् । न्याय पनि नपाउने, राहत पनि गुम्ने त होइन ? भन्ने चिन्ता छ, दुर्गादेवीलाई ।

राहत रकमको विषय मात्रै होइन, निर्मलाका बलात्कारी एवम् हत्यारा पत्ता लगाउन प्रहरीले यज्ञराज र दुर्गादेवीको डिएनए परीक्षण गर्न खोज्यो । निर्मलाको तर्फबाट लिइएको नमूनामै शंका भएपछि प्रहरीले बा र आमाको नमूनाबाट डिएनएको क्रस चेक गर्न खोजेको थियो । तर, त्यसका लागि यज्ञराजले रगत दिन मानेनन् ।

 

छोरीको हत्यारा पत्ता लाग्ने आशका कारण दुर्गादेवीले डिएनए परीक्षणका लागि नमूना रगत दिइन् । जुन कुरा यज्ञराजलाई मन परेन र दुर्गादेवीमाथि कुटपिट गरे । जसकारण दुर्गादेवी अहिले विक्षिप्त छिन् ।

यज्ञराजले डिएनए परीक्षणका लागि रगत दिन नमान्नुको कारण अनेक शंका उब्जिएको छ । र, घटनालाई थप रहस्यमयी एवम् शंकास्पद बनाएको छ । यज्ञराज र दुर्गादेवीबीच खटपट भएको यो पहिलोचोटि होइन । सम्बन्ध सुमधुर नभएपछि नै यज्ञराजले दोस्रो बिहे गरेका हुन् । दुर्गादेवीका तर्फबाट तीन सन्तान थिए । तीमध्येकी एक हुन्, निर्मला पन्त ।

 

बाआमाको विवादले छोरीहरु पहिल्यैदेखि तनावमा थिए । कठिन अवस्थामा पनि बुबाले वास्ता नगरेका कारण सन्तान पीडामा थिए । र, अहिले बाँचेका सन्तानमा पनि पीडा थपिएको छ । बुबा यज्ञराजको व्यवहार र बा–आमाको सन्बन्धबारे निर्मलाकी दिदी मनिषाः

 

तर यज्ञराज भने दुर्गादेवीको कुरा पत्याउन तयार छैनन् । न्याय नपाए राहत मात्रै लिएर के गर्नु ? भनेर सामान्य गाली मात्रै गरेको उनको भनाई छ । दुर्गादेवीले परिवारमा सल्लाह नै नगरी अरुको उक्साहटमा लागेर राहत लिन लागेकोप्रति यज्ञराज आक्रोशित छन् । यससँगै निर्मलाकी सौतेनी आमा लक्ष्मी पन्त पनि अ्ररु उक्साहटमा दुर्गादेवी अघि बढेकोले समस्या भएको बताउँछिन् ।

 

करिब ७ महिना भयो, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको । निर्मला हत्या प्रकरणले देशव्यापी चर्चा पायो । सडकदेखि सदनसम्म हत्यारा पत्ता लगाएर कारबाही माग भयो ।

 

तर, अझै तत्काल हत्यारा पत्ता लाग्ने छाँट छैन । तर, निर्मलाका बा–आमाबीच राहत रकम लिने÷नलिने विषयमा चर्को विवाद हुनु, आपसमा कुटाकुट हुनु निकै दुखद कुरा हो । त्यस्तै, प्रहरीले छोरीको हत्यारा पत्ता लगाउन डिएनए परीक्षणका लागि नमूना रगत दिन बुबा यज्ञराजले आनाकानी गर्नु स्वभाविक छैन । यसले घटनालाई रहस्यमयी र शंकास्पद बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...