राजिनामा नदिई अष्ट्रेलिया भागिन राजदूत लक्की शेर्पा



हाम्रो इकोनोमि

 

 

विवादमा फसेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा राजिनामा नदिई अष्ट्रेलिया गएकी छिन् । मानव तस्करीमा संलग्नता देखेपछि सरकारले उनलाई राजिनामा दिन सुझाव दिएको थियो । पुसभित्र राजिनामा दिन सुझाव दिइएकोमा अस्वीकार गरि उनी अष्ट्रेलिया गएकी हुन् । स्रोतका अनुसार सोमबार बेलुका उनी अष्ट्रेलिया गएकी हुन् ।

 

उताबाट आफ्ना काम सकेर आएर राजिनामा दिने भन्दै उनी अष्ट्रेलिया गएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । सुविधावापत केही कामदार लैजान पाउनेमा उनले त्यसका लागि पैसा उठाएकी थिइन् । उनका चालककी श्रीमती पक्राउ परेपछि रहस्य खुलेको हो । पछि उनका चालक वाङछु शेर्पासँग झगडा भएपछि उनी विवादमा फसेकी थिइन् ।

 

मलाई त प्रकाश दाहालले राजदूत बनाउनुभएको हो, प्रदीप ज्ञवालीले भनेर किन छोडने ?

दिवंगत भएका आफ्ना परिवारका सदस्यको सम्झनाले मात्रै पनि मानिसलाई भावुक बनाइदिन्छ । त्यसमा एक वर्षअघि युवा उमेरमै दिवंगत छोराबारे बारम्बार सम्झाइदिँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भावुक नहुने कुरै भएन । अस्ट्रेलियाबाट बदनाम भएर फर्किएकी राजदूत लक्की शेर्पाले आफ्नो पद जोगाउन सकिन्छ कि भनेर अहिले त्यही बाटो अपनाएकी छन् र भन्ने गरेकी छन्, ‘मलाई त प्रकाश दाहालले राजदूत बनाउनुभएको हो, उहाँ भएको भए सायद यस्तो समस्या पर्ने थिएन ।’

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन साताअघि नै बिदा दिन चाहे पनि अध्यक्ष दाहालको कोटामा नियुक्त भएका कारण उनलाई मनाएर मात्रै बिदा दिने भनेर रोकिएको काम अघि बढेको छैन । स्रोतका अनुसार परराष्ट्रमन्त्री र सचिवले भेट्न छाडेपछि लक्कीको काम खुमलटार धाउनेमा सीमित भएको छ । अध्यक्ष दाहाल र उनकी छोरी गंगालाई भेटेर दिनदिनै दिवंगत प्रकाश दाहालको नाम लिएर इमोसनल ब्ल्याकमेलिङ गरिरहेको बुझिएको छ । उनले आफूले प्रकाशलाई ५० लाख बुझाएको भन्न पनि बाँकी राखेकी छैनन् ।

 

आफ्ना चालक वाङ्छु शेर्पाबाट पैसा खानुका साथै उनीमार्फत अस्ट्रेलिया मानव तस्करी गर्न पैसा उठाएको पोल खुलेपछि नेपाल झिकाइएकी लक्कीको पद भने उनले जति गरे पनि नजोगिने भएको छ । स्रोतले दिएको जानकारीअनुसार उनलाई कारबाही नगरे नेपाल सरकारमाथि तीनवटा समस्या आउने खतरा देखिएपछि उनलाई राजीनामा दिन सुझाइएको छ ।

 

पहिलो, उनीमाथि अस्टे«लियामा उनकै चालकले मुद्दा दिएका कारण कूटनीतिक उन्मुक्ति खतम हुनासाथ उनी गिरफ्तारीमा पर्ने सम्भावना उच्च छ । दोस्रो, त्यसो नभए पनि उनलाई त्यहाँको श्रमसम्बन्धी कार्यालयले चालकको श्रम शोषण गरेकोमा बयानका लागि बोलाइदिन सक्छ । र, तेस्रो, श्रम कानुनको उल्लंघन र कूटनीतिक मर्यादा कायम नगरेको अभियोगमा उनलाई देशनिकाला (पर्सना ननग्राटा) गर्न सक्ने सम्भावना रहन्छ ।

 

परराष्ट्र स्रोतका अनुसार लक्कीले एकपटक अस्ट्रेलिया गएर बिदाइ भेट गरेर फर्किने इच्छा देखाएकाले कारवाही हुन सकेको छैन । उनका व्यक्तिगत प्रयोजनका सामानदेखि अरू मिलाउनुपर्ने कामहरू बाँकी नै रहेकाले एकपटक अस्ट्रेलिया जानैपर्ने र कूटनीतिक उन्मुक्तिबिना त्यहाँ जाँदा गिरफ्तारीमा पर्ने सम्भावना भएकाले एक साताका लागि जान दिने कि भन्नेबारे कुरा चलिरहेको बुझिएको छ । कूटनीतिक क्षेत्रमा चाहिँ यस ढिलासुस्तीलाई राम्रो मानिएको छैन बुधबारले जनाएको छ ।

 

राजदूत लक्की शेर्पा सम्पर्कबिहिन, कता लुकिन् पत्तो छैन सरकारलाई ?

 

विवादास्पद राजदूत लक्की शेर्पा अहिले कहाँ छिन् ? यसबारे जानकार हुनुपर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बेखबर छन् ।
नेकपाका अध्यक्षद्वयले ‘राजीनामा दिएर छानवीनलाई सहज बनाउनु’ भनी दिएको निर्देशनपछि हो, लक्की सार्वजनिक सम्पर्कबाहिर रहेको । नत्र, एउटा देशका लागि तोकिएको राजदूत सम्बन्धित देशमा भए त्यहाँको विदेश मन्त्रालयसँग, आफ्नो देशमा भए सम्बन्धित मन्त्रालयसँग नियमित सम्पर्कमा रहनुपर्छ । तर, लक्की अहिले न परराष्ट्रको सम्पर्कमा छिन्, न उनको पार्टी नेकपाकै जानकारीमा ।

 

राजीनामा दिइसकेपछि हैसियत फेरिने, बरबुझारथ गर्न जाँदा सामान्य हैसियतमा जानुपर्ने, उता उजुरी दर्ता भएको अवस्थामा यताको पद छाडेर जाँदा कूटनीतिक उन्मुक्ति (डिप्लोमेटिक इम्युनिटी) नपाइने, बयान दिन प्रहरी चौकी र अदालत धाउनुपर्ने, उस्तै परे समातिन सक्नेजस्ता अप्ठेरा पार्टी अध्यक्षहरुलाई सुनाएकी थिइन् । अष्ट्रेलियन प्रहरीले पदीय हैसियतमा रहुन्जेल नियन्त्रणमा लिएर छानवीन गर्न मिल्दैन । त्यसैले उनी एकचोटि पदमा रहेकै बेला अष्ट्रेलिया पुगेर फर्किने चाहनामा रहेको बताइन्छ ।

 

यही जटिलताका कारण लक्कीले राजीनामा दिने कहिले ? वा, मन्त्रिपरिषद् बैठकले उनीबारे केही न केही निर्णय लिने कहिले ? टुंगो छैन । तर, अष्ट्रेलियाको राजदूत बन्नका लागि बिहान–बिहानै नेताकहाँ देउसी खेल्नेहरु निस्किसके । संसदका महासचिव मनोहरप्रसाद भट्टराई पनि तीमध्येका प्रमुख दावेदार हुन् । सूर्यकिरण गुरुङ पनि संसदको महासचिव हुँदाहुँदै रसियाका लागि राजदूत भएर गए ।

 

अहिले बेपत्ता छानवीन आयोगमा छन् । सभामुख र राष्ट्रियसभाका अध्यक्षहरुले भर्खरका युवालाई सचिव बनाएका छन् । उनीहरुसँग महासचिवको ‘वेभलेङथ’ मिलेको छैन । संसदीय फाँटको कर्मचारीतन्त्र चेन अफ कमाण्डअनुसार नचलेको गुनासो छ । प्रधानन्यायाधीशको संसदीय सुनुवाई ४ बजेपछि हामी एक मीनेट पनि रेकर्ड गर्दैनौँ भनेर कर्मचारी हिँडिदिए ।

 

यसले दुई दिन सुनुवाई स्थगित भयो । ओमप्रकाश मिश्रले अवकास पाउनै लागेको, चोलेन्द्रसमशेरको सुनुवाई नसकिएको अवस्थामा, वरिष्ठतम् न्यायाधीशका हैसियतले दीपकराज जोशी फेरि कामु हुने खतरा थियो । संसदभित्रै कर्मचारीतन्त्रले पनि गड्बडी गरिदिने यो गम्भीर घटना थियो । त्यसैले मनोहर भट्टराईले यो झ्याउलो छाडेर राजदूत हुनका लागि ताकेता लगाइरहेको बताइन्छ ।

 

सरकारले केही समयअगाडि भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको थियो । तर, संवैधानिक आयोगमा बसेका पदाधिकारीले राजदूतको जिम्मेवारी सम्हाल्न नपाउने तर्कका साथ उनलाई पछाडि हटाइयो । त्यसयता त्यस्तो जिम्मेवारी पाएका व्यक्तिहरुले राजदूतका लागि देउसी खेल्न छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...