सुन्धाराबाट डान्सर युवती पक्राउ, गर्दिरहिछन् यस्तो धन्दा



 

प्रहरीले काठमाडौंको सुन्धाराबाट एक डान्स बारमा काम गर्ने युवतीलाई पक्राउ गरेको छ । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

 

पक्राउ पर्नेमा नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया माया घले छिन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले उनलाई हुलाक भन्सार कार्यालय सुन्धाराबाट पक्राउ गरेको जनाएको छ ।

ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यले भने, ‘विशेष सुराकीका आधारमा गएको टोलीले उनको साथबाट १४८ वटा अगरबत्तीको डब्बा बरामद गरेको थियो । जसमा फल्स बटम बनाएर चरेस राखिएका थिए ।’

उनका अनुसार त्यो चरेसलाई पार्सल गरेर हङकङ पठाउन लागिएको थियो । त्यो चरेस कसलाई पठाउन लागिएको थियो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

पक्राउ परेकी युवती डान्स बारहरुमा समेत नाच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनले विभिन्न महोत्सवहरुमा पनि नृत्य प्रस्तुत गर्ने गरेको जनाइएको छ । बयानका क्रममा उनले यसअघि एक पटक सजिलैसँग अगरबत्ती पठाएकाले चरेस पठाउन सकिन्छ कि भनेर प्रयास गरेको बताएको जनाइएको छ ।

 

अजेयराज सुमार्गीको अन्तको पनि फाइल उघ्रँदै

 अजेयराज सुमार्गीले ल्याएको विदेशी रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरे लगत्तै उनी अन्यत्रबाट पनि खेदिन थालेका छन् ।

 

उनले किनेको विशालनगरस्थित फ्रेञ्च दूतावासको जग्गाबारे अख्तियारमा पुगेको एउटा फाइल खुल्न थालेको छ । नेपालस्थित विदेशी कूटनीतिक नियोगले जग्गा बेच्नुपर्‍यो भने सरकारको अनुमति लिनुपर्छ । तर, फ्रेञ्च दूतावासका हकमा त्यो लागू भएन । बरु, उसले सडक विस्तारका क्रममा बाटोका लागि अलिकति जमिन छोडिदिने सम्झौता थियो । उसले यस्तो सम्झौता गरेपछि जग्गाको हालसाविक पनि गर्‍यो ।

 

तर, बिक्री गर्दा सरकारसँग स्वीकृति लिएन । बाटो पनि नछाडिकन चाबहिल मालपोतका तत्कालीन कामु प्रमुख बद्रीबहादुर कार्कीले सुमार्गीसँग मिलेर रजिष्ट्रेसन पास गरिदिए । यसबारे अख्तियारमा उजुरी पर्‍यो । पछि भूमिसुधार मन्त्रालयबाट अनुमति लिएको कागज बनाउन लगाएर लिखतमा अनियमितता गरियो । चलानी किताब हेर्दा जग्गा बिक्री गरेपछि अनुमति दिएको पुष्टि हुन्छ ।

 

दीप बस्न्यातको पालामा जग्गा खरिद बिक्रीको उजुरी बद्रीबहादुर कार्कीले तामेलीमा हाल्न लगाए ।
बद्रीले दीपलाई मामाको साइनो लगाउने गर्थे । त्यही कारण जग्गासम्बन्धी धेरै मामिलामा दीपलाई फाइदा पु¥याए । किनभने, उनी पहिला आफै पनि अख्तियारमा थिए ।

 

अख्तियारकै दबाबमा उपसचिव कार्यालय प्रमुख हुने चावहिल मालपोतमा शाखा अधिकृत भएकै बेला बद्रीले कामु पाएको खबर जनआस्थाले छापेको छ । चावहिल मालपोतमा बस्दा एकै दिन अवैध रुपमा कित्ताकाट, छूट जग्गा, सरकारी जग्गा दर्ता गरी एक वर्षमा १० करोडभन्दा बढी कमाएको उजुरी अख्तियारमा पुग्यो । पद्मा अर्याल भूमिसुधार मन्त्री भएपछि सर्लक्क सामान्य प्रशासनतिर सरुवा गए ।

 

सात वर्षदेखि कार्यरत खरिदार लक्ष्मण बस्नेतलाई मुद्दा फाँटमा राखी छूट जग्गा दर्ता गरेर मात्रै करोडौं आर्जन गरेको उजुरीमा छ । एक वर्षअघि त्यस्तै छूट जग्गा दर्ता गर्दा चाबहिल मालपोतका झण्डै दर्जन कर्मचारीसहित ५४ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, बद्रीबहादुर अहिलेसम्म पन्छिएका छन् ।

 

छूट जग्गा दर्ताका लागि सरकारले नै सूचना जारी गर्नुपर्छ । त्यस्तो सूचना नगरी जग्गा दर्ता हुँदैन । त्यसका लागि सिडिओको अध्यक्षतामा जग्गा दर्ता समिति बनेर त्यसको सिफारिसका आधारमा हुने हो ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको