प्रधानमन्त्रीलाई ओलीलाई विश्वप्रकाश शर्माले दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । डा. केसी अनसन बनेको ८ दिनसम्म सरकार ‘संवेदना शून्य’ देखिएको भन्दै उसले आपत्ति जनाएको छ । बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीलाई एउटा व्यक्ति भनेर अवमूल्यन नगर्न चेतावनी दिए ।

 

‘तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाब पर्खने सम्माननीय प्रधानमन्त्रीका सामुन्ने दुई वटा विकल्प छन् । विषयलाई गम्भीरतापूर्वक लिन हामी विनम्र भाषामा हार्दिक अपिल गर्न चाहन्छौं’ कांग्रेसले भनेको छ । पहिले केसीसँग सहमति गर्ने र अहिले पालना नगर्ने प्रधामन्त्रीको दोहोरो चरित्रका कारण समस्या सिर्जना भएको का‌ंग्रेसले बताएको छ ।

 

‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. के.सी. संग पछिल्लो सम्झौता भएको थियो । तर, संसदको शिक्षा तथा स्वास्थ्य समिति मार्फत त्यो खण्डीत हुन पुग्यो । प्रधानमन्त्रीकै अग्रसरता र वचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन सक्दैन भने त्यो अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ’ का‌ंग्रेसले भनेको छ ।

 

सरकार संवेदनाशून्य ढंगले समाधानको विपरीत अघि बढ्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । ‘यस्तो प्रवृत्तिको भत्र्सना गर्दै नेपाली कांग्रेस तत्काल पुराना सहमतिमा फर्कन र समाधानमा पुग्न सरकारलाई सचेत गराउन चाहन्छ’ प्रवक्ता शर्माले भनेका छन् । यसअघिको अनसनमा भएका सहमतिको अक्षरस पालना गर्दै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने भन्दै डा. गोविन्द केसीले पुस २५ गतेदेखि अनसन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...