कर्मचारीलाई फारम भर्न दिएकाे म्याद आज सकिंदै, ७३ हजारले राेजे समायाेजन



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले समायोजनको लागि कर्मचारीलाई दिएको २१ दिनको म्याद आज सकिँदैछ  । यो बीचमा संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन ७३ हजार ३ सय ३० कर्मचारीले अनलाइन फारम भरेका छन् । ।  मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार ६२ हजार ४६ जनाको फारम सफ्टवेयरमा दर्ता भइसकेको छ भने ११ हजार २ सय ८३ जनाले भरेको फाराम सफ्टवेयरमा पोस्ट हुन बाँकी छ । आज राति ११ः५९ बजेसम्म कर्मचारीले अनलाइनमा फारम अपलोड गर्न सक्नेछन् ।

 

प्रमुख पनेरुले ८५ प्रतिशतभन्दा बढी कर्मचारीले समायोजनमा सहभागिता जनाएको बताए । अध्यादेशले वृत्तिविकास रोकेको भन्दै सुरुमा कर्मचारी आन्दोलित भए पनि उनीहरूका माग संघीय निजामती कर्मचारी ऐनमा समेटिने सरकारको घोषणापछि समायोजन प्रक्रिया सहज भएको थियो ।

 

समायोजन सूचना जारी गर्नुअघि मन्त्रालयले सबै कर्मचारीलाई किताबखानामा विवरण अपडेट गराउन भनेको थियो । त्यसअनुसार ७४ हजार ५ सय ८७ ले निजामती किताबखानामा आफ्नो विवरण अपडेट गराएका थिए । तिनमा ७३ हजार २० निजामती र १ हजार ५ सय ६७ जना अन्य सेवाका कर्मचारी थिए । परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका करिब ४ हजार कर्मचारी स्वत संघीय सरकारमा रहने भएकाले उनीहरू समायोजन प्रक्रियामा जानु पर्दैन ।

 

मन्त्रालयले गत पुस ११ गते समायोजनका लागि चारवटा छुट्टाछुट्टै सूचना प्रकाशित गरेको थियो । सरकारी सेवाका कर्मचारी, साविक जिविसमा स्थायी नियुक्ति पाएर जिल्ला समन्वय समिति वा अन्य कुनै स्थानीय तहमा कार्यरत कर्मचारी, प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारी र संघ, प्रदेश र स्थानीय तहको नयाँ संगठन संरचनामा दरबन्दी कायम नभएका पदका कर्मचारीका लागि आवेदन खुलाएको थियो ।

 

समायोजन सूचना जारी गर्दा सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । त्यसैअनुसार कर्मचारी समायोजन हुनेछ । कान्तिपुरमा समाचार छ ।

 

राष्ट्रिय निजामती किताबखानामा ८९ हजार कर्मचारीको विवरण भए पनि समायोजन फाराम भर्ने कर्मचारीको संख्या बुधबारसम्म करिब ७५ हजार पुग्ने देखिएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए । उनका अनुसार निजामती किताबखानामा विवरण अपडेट नगराएका कर्मचारीलाई समेत समायोजन सफ्टवेयरमा राखिनेछ । ‘फाराम नभरेकाहरूको नाम र विवरण पनि सफ्टवेयरमा सिफ्ट गरिनेछ,’ उनले भने, ‘कसैको नाम पनि छुट्दैन ।’ बिदामा रहेका, अध्ययनमा रहेका कर्मचारीको हकमा भने समायोजन लागू हुँदैन ।

फाराम भरिसकेका सबै कर्मचारीको विवरण भेरिफाई गरेपछि कर्मचारी समायोजन सफटेयरले नै को कहाँ पर्‍यो (संघ, प्रदेश र स्थानीय तह) छुट्टयाइदिनेछ । त्यसका लागि सफ्टवेयरको डिजाइन भइसकेको छ ।
मन्त्रालयले पहिलो चरणमा सचिवलाई समायोजन पत्र दिनेछ । ‘मन्त्रिपरिषद्बाट निर्णय गराएर सचिवहरूलाई समायोजन पत्र दिइनेछ,’ पनेरुले भने, ‘सचिवपछि सहसचिवलाई पत्र दिइनेछ ।’ सम्भवत आगामी साता सचिवहरूलाई समायोजन पत्र दिइने मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...