३३ काेटी देउताकाे दर्शन गरेर भेटी स्वरुप एक एक शेयर गर्दै २०७५ माघ महिनाको राशिफल हेर्नुहोस
मेषः मेष राशि हुनेहरुका लागि माघ महिना अति राम्रो रहेको छ। अभिष्ट कार्य सिद्धि हुन सक्नेछ । राज्य पक्षबाट सुख र सहयोग प्राप्त हुनेछ भने आर्थिक राजनीतिक तथा सामाजिक पक्षमा सफलता मिल्ला । महिनाको अन्तमा तपाईको राशिमा मंगल प्रवेश गर्नाले रक्तचापको समस्या देखिन सक्छ।
वृषः वृष राशि हुनेहरुका लागि माघ महिना त्यति राम्रो छैन। धनमा हानी, स्वास्थ्यमा खराबी हुनसक्छ भने प्रेममा बाधा हुने देखिन्छ । माघ महिनाको मध्यतिर भने नसोचेको ठाउँबाट धन लाभ हुन सक्ला । महिनाको अन्तिमतिर दुखद् समाचार सुन्नु पर्ने देखिन्छ।
मिथुनः यो महिना सूर्य तपाईको आठौँ स्थानमा रहेकाले पीडा, भय, कलह तथा संकट पर्नसक्छ। धनमाल चोरी हुने देखिन्छ भने ५ गतेबाट १५ गतेसम्म पुत्रलाभ, धन लाभ हुने देखिन्छ। महिनाको अन्तमा स्त्रीबाट पीडा हुने देखिन्छ । सतर्क रहनुहोला।
कर्कटः पहिलो साता कार्यमा सफलता हुने देखिन्छ । अचानक धनलाभ होला । पेट तथा गुद्मार्गको रोगले सताउने देखिन्छ । १५ गतेबाट शुक्र छैटौँ स्थानमा प्रवेश गर्ने भएकाले तपाईलाई बिपत्ति पर्न सक्छ। स्वजनबाट धोका हुने देखिन्छ भने बोलीको प्रभावमा महिनाको अन्तमा ठुलो काम बन्ने देखिन्छ ।

सिंहः यो मास सुर्यले तपार्यको छैटौँ स्थानमा भ्रमण गरेकाले शत्रुहरु नाश होलान्। मनले चिताएको काम पूरा होला । पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ भने १५ गते पछाडी राज्यपक्षबाट भए होला । बोलीमा विचार पुर्याउनु उचित होला।
कन्याः कन्या राशिका लागि माघ महिना सामान्य खालको छ। अध्ययनमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको योग रहेको छ भने प्रेममा मिलन हुने देखिन्छ । महिनाको अन्तिममा अप्रिय समाचार सुन्नु पर्ला । आफ्नै ठानिएका व्यक्तिबाट धोका हुने देखिन्छ ।
तुलाः यो मास सूर्यले तपाईको चतुर्थ स्थानमा भ्रमण गर्ने भएकाले रोग व्यादी लाग्न सक्छ । नसोचेका व्यक्तिबाट सहयोग मिल्ला । प्रेमला लाभ हुने देखिन्छ महिनाको अन्तिमतिर लामो दुरीको यात्रा हुने सम्भावना छ।
वृश्चिकः वृश्चिक राशिका लागि महिनाको सुरुवात निकै राम्रो रहेको छ। लक्ष्मीको कृपाले धन सम्पत्ति लाभ हुँदा हर्ष बढ्ला, दाजुभाईसँग मनमुटाव हुने देखिन्छ भने कुटुम्ब इष्टमित्रसँग झगडा होला । महिनाको अन्तिमतिर परिवार सुख, अध्ययनमा लाभ हुने देखिन्छ भने नचिताएको ठाउँबाट सहयोग मिल्ने देखिन्छ ।

धनुः धनु राशिका लागि माघ महिना सामान्य खालको रहेको छ। महिनाको पहिलो साता आँखामा समस्या देखिन सक्छ । मानसिक चिन्ता बढ्ने देखिन्छ भने महिनाको मध्यतिर शत्रु नास हुने देखिन्छ । बोलिका कारण नसोचेको सफलता हात लाग्न सक्छ।
मकरः मकर राशि हुनेहरुका लागि यो महिना मध्यम खालको रहेको छ। महिनाको सुरुवात त्यति राम्रो देखिँदैन । स्वास्थ्यमा गडबडी, आफन्तबाट धोका हुने सम्भावना रहेको छ भने महिनाको अन्तिमतिर आफन्तको सहयोगमा ठुलो सफलता मिल्ने देखिन्छ ।

कुम्भः कम्ुभ राशिका लागि माघ महिना उतार चढावपूर्ण रहेको छ। यो महिना दुख, सुख, लाभ, हानी बराबरजस्तै देखिन्छ । महिनाको सुरुवातमा नसोचेको सफलता हात लाग्ने देखिन्छ । पेटको रोगले सताउनेछ भने महिनाको अन्त्यतिर धन लाभ हुनेछ ।
मीनः यो मास सुर्यले तपाईको एकादश स्थानमा भ्रमण गरेकाले तपाईलाई यो महिना अधिक धन लाभ होला । पद् प्रतिष्ठामा वृद्धि हुने देखिन्छ भने राजकीय कार्यमा ठुलो सफलता मिल्ने देखिन्छ । महिनाको अन्ततिर आफन्त ठानिएका व्यक्तिबाटै धोका हुने देखिन्छ ।


