दुखद् खबर माघे संक्रातीको दिन : महिलाले २ बर्सिय छोरी सहित बिष सेवन गरि आत्महत्या !



हाम्रो इकोनोमि

 

धनुषामा विष सेवनबाट एक महिलाको मृत्यु भएको छ भने मृतक महिलाकी नाबालिका छोरी गम्भीर बिरामी भएकी छन् । जनकपुरधाममा उपमहानगरपालिका ४ का आमा र दुई वर्षीया छोरीले विष सेवन गरेका थिए । विष सेवनबाट आमाको मृत्यु भएको हो भने छोरीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

 

विष सेवनबाट जनकपुरधाम उप–महानगरपालिका ४ की २५ वर्षीया सीमा शर्माको मृत्यु भएको छ। यस्तै उनकी दुई वर्षीया छोरी गौरी मिश्रको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।सोमबार राती सीमाले विष सेवन गरी छोरीलाई पनि विष सेवन गराएको शंका गरिएको छ ।

 

विष सेवनपश्चात् सीमाका श्रीमान समिर मिश्र र आफन्तले उपचार गराउन जानकी हेल्थ केयर लगे पनि त्यहाँ चिकित्सक नभएका कारण राम जानकी हस्पिटलमा लैजाने क्रममा सीमाको मृत्यु भएको प्रहरीले जनाएको छ।यता श्रीमति सीमाको मृत्युपश्चात श्रीमान समिर मिश्र फरार भएका छन् भने प्रहरीले सीमाकी सासु किरण मिश्रलाई पक्राउ गरेको छ। प्रहरीले कानुनी प्रक्रिया अपनाएर पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल राखेको जनाएको छ।

 

श्रीमान तथा सासु ससुराले मानसिक यातना दिए पछि घर छाडेर हिँडेकी एक महिलाले आफनै दुई नाबालिका छोरीको हत्या गरेकी छन् ।बाराको कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती २२ वर्षीया सविता देवीले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी हुन्।वीरगन्ज उपमहानरपालिका वडा नम्बर ८ भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदिको पानीमा मङगलबार साँझ दुवै छोरीलाई चोबलेर सविता देवीले हत्या गरेकी हुन् ।

 

छोरीहरुको हत्या गरेपछि सबिताले पनि आत्महत्याको प्रयास गरेकी थिइन् । तर, गाँउलेले देखेपछि उनलाई आत्महत्या गध्र्नबाट रोकेका थिए ।सिंगहा नदिको छेउमा रहेको सिसौंको हाँगा काट्न गएका भेडियाहीका साबीर भेडिहरले सबै भन्दा पहिले सबिताले दुई बालिकालाई नदिको पानीमा चोबलेको देखेका थिए । एक महिलाले दुई नाबालिकालाई पानीमा चोबलेको देखेपछि उनले अन्य गाँउलेहरुलाई गुहार लगाएका थिए ।साबीर र गाँउलेहरुले नदिबाट निकाल्दा दुवै बालिकाको मृत्यु भइसकेको थियो ।

 

म बन्चरो लिएर सिसौको हाँगा काट्न आएको थिए, साबीरले भने, ‘नदिको पानीमा रातो सारी लगाएकी महिलाले पानीमा बच्चालाई डुबाएको जस्तो देखेपछि चिच्याएर अरुहरुलाइ बेलाएँ, तर बाहिर निकाल्दा दुवै बच्चाको प्राण गइसकेको रहेछ ।’बच्चाको हत्या गरेपछि ती महिलाले आफुले पनि पानीमा डुबेर आत्म हत्या गर्ने प्रयास गरेको प्रत्यक्षदर्शी साबीरले बताए ।

 

बच्चाहरुलाई पानीमा चोबलेर मारेपछि ती महिलाले पनि पानीमै डुबेर आत्महत्याको प्रयास गरेकी थिइन् , उनले भने, ‘तर नदिमा तीन चार फिट मात्र पानी भएकाले उनको प्रयास सफल भएन, अनि हामीले पनि उनलाई तत्कालै नदिबाट बाहिर निकाली हाल्यौ ।गाँउलेले खबर गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुग्दा मृतक दुवै नाबालिकाको शव नजिकै सबीता देवीले टाउको बजारेर रुदै गरेको अवस्थामा भेटिएको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक जयराम यादवले बताए ।

 

सबिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । मृतक दुवै बालिकाको शव पोष्टर्मामका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।घरमा श्रीमान् र सासु ससुराले मानसीक यातना दिएपछि झगडा गरेर सोमबार सविता आफना दुई छोरीलाई लिएर वीरगन्ज १५ मुर्लीमा अवस्थित दिदीको घरमा आएकी थिइन् ।

 

कलैयाको बरेवामा रहेको घर फर्कनका लागि भन्दै मङगलवार मध्यान्ह १२ बजे तिर दिदीको घरबाट निस्किएकी उनले भेडियाहीमा रहेको सिंगहा नदीमा लगेर दुवै छोरीको पानीमा चोबलेर हत्या गरेकी हुन् । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा सविता देवीले घरपरिवारबाट मानसिक यातना दिएका कारण छोरीको हत्या गरेको बताएकी छन् ।

 

नदीको छेउमा पुगेपछि दुवै छोरीलाई तिमिहरु घर जाऊ म यही बस्छु भने, तर उनिहरुले मलाई छाडेर जान मानेन्, प्रहरी हिरासतमा रहेकी सविताले भनिन्, ‘घर जान नमानेपछि रिस उठ्यो । अनि दुवैलाई पानीमा डुबाएर मारिदिएँ, अहिले पछुतो लागेको छ ।

 

’घरमा श्रीमान र सासु ससुराले छोरीकै कारण विभिन्न बहाना बनाएर अनावश्यक रुपमा मानसिक यातना दिदै आएकाले आफूले घर छाडेर हिँडेको उनले बताइन् पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।‘घटना पछि महिला मानसिक रुपले विक्षप्त अवस्थामा पुगेकी छन्’, उनले भने , ‘अहिले उनि कुरा गर्न सक्ने अवस्थामा छैनन्, पछि अवस्था ठिक भएपछि हामी उनिसँग सोधपुछ गर्छौ ।’ अन्नपुर्ण पाेस्ट बाट ।

 

लमही । दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ।लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१च ८०४१ नंको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए।मृतक मल्ल सशस्त्र प्रहरीका हबल्दार धर्मजीत मल्लका छोरा हुन्। सिंहका अनुसार चालकले ती बालक कुकुरसँग खेलिरहेको अवस्थामा आफैँ ठोक्किन आउँदा दुर्घटना भएको बयान दिएका छन्।

 

झापामा डरलाग्दो दुर्घटना, ट्याङ्कले ठक्कर दियो , त्यसपछि बसले पेल्यो

 

झापाको काँकरभिट्टामा आज साझँ डललाग्दो दुर्घटना भएको छ । बेलुका ७ बजे मेचीनगर ६ पालिया खोला छेउ राजमार्गमा सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको हो ।

 

पूर्वबाट पश्चिम तर्फ आउर्दै गरेको ना ७ ख ४३९३ नम्बरको तेलको ट्याङ्करले मेचीनगर ७ का ४५ वर्षीय डेनी जोन लाई ठ्क्कर दिएको थियो । त्यस लगात्तै सडकमा ढलेका जोनलाई पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको यात्रुबाहक बस मे १ ख २६५२ नम्बरको डल्फीनले थप पेलेपछि उनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ ।

 

मृत्यु भएका जोन स्थानीय चिया मजदुरी गर्ने गरेका हुन । उनलाई ठक्कर दिने ट्याङ्करलाई र चालकलाई इलाका प्रहरी बकार्यालय धुलाबारी र यात्रुबाहक बस र चालकलाई इलाका प्रहरी कार्यालय काकँरभिट्टाले नियन्त्रणमा लिएको डिएसपी महेश थापाले हेजानकारी दिनु भयो । मृतकलाई पोष्टमाटमका लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...