५९ हजार ७ सय कर्मचारीले रोजे समायोजन, अब म्याद नथपिने



हाम्रो इकोनोमि

 

५९ हजार ७ सय ९८ जना कर्मचारीहरुले समायोजन रोजेका छन् । यसमा निजामती कर्मचारीको संख्या मात्र ५८ हजार छ ।समायोजन फारम भर्ने अन्तिम दिन बुधबार नै हो । त्यसको एक हप्तापछि माथिल्लो तहका कर्मचारीबाट समायोजन सुरु गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका उपसचिव केशर पण्डितले  भने, ‘आज बिहान (माघ १ गते साढे १० बजे) सम्म ५९ हजार ७ सय ९८ कर्मचारीहरुले फारम सबमिट गरेका छन् र थप १४ हजार जना सिस्टममा इङ्गेज देखिन्छन् । यो सबै हेर्दा ७३ हजार ४१ कर्मचारी समायोजनमा आएका छन् ।’ सिस्टममा इङ्गेज भएकाहरुले लगइन गरेर आफ्नो विवरण भरिरहेको हुनसक्ने मन्त्रालयको अनुमान छ ।

 

प्रवक्ता भन्छन्– अनलाइन फारम भर्ने म्याद थपिँदैन

मन्त्रालयले कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न अनलाइनमार्फत आवेदन आह्वान गरेको थियो । २१ दिने म्याद राखेर गत पुस १३ गतेदेखि अनलाइन आवेदन फारम खुल्ला गरिएको थियो । कर्मचारीहरुले आफू समायोजन हुन चाहेको तह वा स्थान प्राथमिकता क्रमअनुसार रोज्न सक्छन् । कर्मचारीले धमाधम अनलाइन फारम भर्न थालेपछि मन्त्रालयका अधिकारीहरु उत्साहित छन् । र, अनलाइन फारम भर्ने म्याद नथप्ने पक्षमा छन् ।

 

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले  भने, ‘७३ हजार कर्मचारी समायोजनमा आउनु भनेको करिब ८८ प्रतिशतले समायोजन रोजेको हो । अब थप समय दिने पक्षमा मन्त्रालय छैन ।’

 

कर्मचारीको कुल दरबन्दी ८९ हजार छ । तर, केही पदहरु अतिरिक्त समूहमा छन् । महालेखा परीक्षक अन्तर्गतका कर्मचारीले समायोजन फारम भर्नुपर्दैन । त्यसैगरी अवकाश हुन केही समय बाँकी भएकालाई पनि फारम भर्न अनिवार्य छैन । यस्तो अवस्थामा बुधबार अन्तिम दिनसम्म ८३ हजार कर्मचारीले समायोजन फारम भर्ने प्रवक्ता अधिकारीको विश्वास छ ।

 

सुरुमा सचिव र सहसचिवको समायोजन

कर्मचारी समायोजन अध्यादेशको दफा २६ मा समायोजन फारम नभरेका कर्मचारीलाई पनि समायोजन गर्न बाधा नपर्ने व्यवस्था छ ।त्यसैले समायोजनको फारम भर्ने म्याद सकिएपछि माथिल्लो तहका कर्मचारीबाट समायोजनको प्रक्रिया सुरु गर्ने मन्त्रालयको योजना छ ।

 

‘फारम भर्ने म्याद सकिएपछि डाटा प्रोसेसिङका लागि केही समय लाग्छ,’ मन्त्रालयका प्रवक्ता अधिकारीले अनलाइनखबरसँग भने, मलाई लाग्छ, अर्को हप्ताबाट कर्मचारीको समायोजन प्रक्रिया सुरु हुन्छ । यो भनेको सचिव र सहसचिवबाट सुरुआत हुन्छ ।’त्यसपछि क्रमैसँग तल्ला तहका कर्मचारीको समायोजन गर्दै जाने उनले बताए ।

 

सरकारले समायोजन रोज्ने कर्मचारीका लागि एक तह बढुवा र दुई ग्रेड वृद्धिको व्यवस्था गरेको छ । तर, समायोजन अध्यादेशका कतिपय व्यवस्थाले कर्मचारीबीच विभेद भएको र वृत्तिविकासमा बाधा पुगेको भन्दै आलोचना भएको छ ।

 

प्रशासन, लेखा, स्वास्थ्य, शिक्षाका कर्मचारी र स्थानीय तहका कर्मचारीहरुले दबावमूलक कार्यक्रम पनि गरेका थिए । साथै कर्मचारी समायोजन अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्तासमेत भएको छ ।

 

१ लाख घुससहित आमा–छोरी रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई रंगेहात पक्रेको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजश्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

 

अख्तियारले सहायक रजिष्ट्रार पन्थीकी छोरीलाई समेत नियन्त्रणमा लिएको छ । पन्थीले घुस रकम छोरीलाई राख्न दिएकाले दुवै जनालाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङस्थलबाट पक्राउ गरिएको प्रवक्ता दंगालले बताए ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...