१ लाख घुससहित आमा–छोरी रंगेहात पक्राउ



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई रंगेहात पक्रेको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजश्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

 

अख्तियारले सहायक रजिष्ट्रार पन्थीकी छोरीलाई समेत नियन्त्रणमा लिएको छ । पन्थीले घुस रकम छोरीलाई राख्न दिएकाले दुवै जनालाई काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबी बैंकको पार्किङस्थलबाट पक्राउ गरिएको प्रवक्ता दंगालले बताए ।

 

५ नम्बर प्रदेशमा माघीको भव्य रौनक, २ दिन सार्वजनिक विदा

 

वुटवल– पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा धुमधामका साथ माघी मनाउन शुरु   भएको छ ।रुपन्देही , कपिलबस्तु, दाङ ,बाँके  लगायत राईका जिल्लामा थारु समुदायले माघी पर्व मनाइरहेका छन् ।  यो अवसरमा पाँच नम्बर प्रदेश सरकारले २ दिन सार्वजनिक विदा दिएको छ ।  यसैबीच हिन्दुहरुको चार धाममध्ये एक मानिने  एक रूरू क्षेत्र रिडीमा  पनिआजदेखि माघेसंक्रान्ति मेला सुरू भएको छ ।

 

पाल्पा, स्याङ्गजा र गुल्मीको संगमस्थल यहाँ मेला भर्न अघिल्लो दिनदेखि नै श्रद्धालु र व्यापारी यहाँ आउने गर्छन् । माघे संक्रान्तिको दिन भने बिहानैदेखि घुँईचो लाग्छ । कालीगण्डकीको तट रिडी रूरूमा बिहानै देखि नुहाउनेको भिड लाग्ने गर्छ ।  भक्तजनहरू लामो लाइन लागेर पाल्पाको अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने गर्छन् ।

 

मेलामा साधुसन्तको पनि भिड लागिसकेको छ । जेठी, माहिली र कान्छी संक्रान्तिको नामले यहाँको मेला चर्चित छ । मेला गर्न देशका विभिन्न भाग तथा स्थानीय बासिन्दा आउने गर्छन् ।  रूरू क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्व भएकोले मेला भर्न देशका विभिन्न भागबाट आउने गर्छन् ।

 

पाल्पा क्षेत्रमा रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा मेलामा आउने दर्शनार्थीहरूको घुँईचो लाग्ने गर्छ । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई प्रतिष्थापन गरको भन्न किवंदन्ती रहिआएको छ । कालीगण्डकी नदीमा स्थान गरेर ऋषिकेशवको मुर्ति दर्शन गरेमा मनले चिताएको पुग्ने धारणा छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...