उपत्यकालाई सुरक्षित बनाउन २१ हजार सिसी क्यामेरा, १५ अर्ब लागत



हाम्रो इकोनोमि

काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नका लागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको छ ।

डिआईजी थापाले भन्नुभयो–समाजलाई सुरक्षित बनाउन प्रहरी रातदिन खटिएका छन । प्रहरीले आधुनिक प्रविधिको प्रयोग मार्फत अपराध नियन्त्रण गर्न सक्छ, उपत्यकाभित्र हाल भइरहेको सिसी क्यामेराको संख्या बढाएर २१ हजार पुर्याइने छ । ’ प्राथमिकतताको आधारमा क्रमश सिसी क्यामेरा थप्दै जाने बताउदै उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि सिसी क्यामेरा जडान गर्न सहज हुने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...