केपी ओलीलाई सरकारबाट हटाउने नयाँ दिल्लीमा हुँदैछ यस्तो खर्तनाक षडयन्त्र



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएको झण्डै एक बर्ष पुग्न लागेको छ । प्रधानमन्त्री ओलीले विगतका प्रधानमन्त्रीभन्दा फरक ढंगबाट जनतालाई विकास र समृद्धिको सपना देखाउदै आएका छन् । सपना देख्नेले मात्र इच्छा र चाहानाहरू पूरा गर्नसक्छ भन्ने कथनलाई प्रधानमन्त्री केपी ओली चरितार्थ गर्न खोज्दैछन् । प्रधामन्त्रीको यस्तो सोचको जसरी प्रशंसा भइरहेको छ त्यसको ठीक उल्टो सरकारका मन्त्रीहरू धमाधम भ्रष्टाचारमा मुछिदैछन् ।

 

सरकार गठन भएको एक बर्ष पुग्नलाग्दा जनचाहना अनुरुप खासै उपलब्धि देखिएन भनेर नेकपाबाटै आलोचना पनि हुन थालेको छ । प्रतिपक्षी दलहरूले त सरकारको खेदो खन्ने नै भए  ।

 

आफ्नै पार्टी नेकपाबाट केपी ओली सरकारलाई असफलताको आरोप लगाउदै सत्ताबाट हटेको देख्न चाहनेहरू प्रकट भइरहेका बेला छिमेकी मुलुक भारतमा समेत ओली सरकारलाई चाडोभन्दा चाडो विस्थापित गर्न डीपी त्रिपाठी, श्यामशरण, टी हर्मिस र प्रणव मुर्खजीहरू जुर्मुराएको खबर नयाँ दिल्लीबाट प्रँप्त भएको छ ।

 

२०६२ मंसिर ७ गते तत्कालीन सात दल र नेकपा माओवादीबीच भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीका सहयोगी भनेर नेपाली राजनीतिमा चिनिएका यी भारतीय पूर्व नोकरशाह तथा कूटनीतिज्ञहरूले २०७६ सालको असार साउनसम्ममा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरेको दिल्लीस्थित स्रोतले बताएको छ ।

 

नेपालको राजनीतिमा भारतको हस्तक्षेपकारी भूमिका खोज्ने डीपी त्रिपाठी, श्यामशरण, टी हर्मिस र प्रणव मुर्खजीहरूले दुइतिहाईको ओली सरकारले भारतको हितमा काम नगरेका भन्दै सरकारको नेतृत्व नै फेरीदिने चलखेल गरिरहेको स्रोतको दाबी छ ।

 

भारतमा मोदी नेतृत्वको भाजपाको सरकारले यी महाशयहरूको कुरा खासै नसुन्ने भएकाले यिनीहरूलाई नेपालमा सरकारको नेतृत्व परिवर्तन गराउनका लागि आगामी अप्रिलसम्म पर्खिनु पर्ने हुन्छ । अप्रिलमा हुने भारतको आम चुनावपछि भारतीय कांग्रेसको सरकार बन्ने र त्यही सरकारको दबाबमा नेपालमा प्रधानमन्त्री फेर्ने सपना यिनीहरूले देखेको समाचार स्रोतको भनाई छ ।

 

भारतीय संस्थापन पक्षलाई नेपालमा  हुने गरेका गतिविधिका बारेमा झकझकाउने र नेपालमा राजनीतिक उलटपलट गराउने मुख्य उद्देश्यय यी भारतीयहरूको पाल्दै आएको स्रोत बताउछ ।

 

यिनीहरूले केपी ओलीको सरकार चीनतिर बढी ढल्केको, नेपालमा चिनियाँ गतिविधिहरू बढिरहेको र भारतलाई यो सरकारले महत्व नदिएको   कथाहरू हाल्दै साउथ ब्लकमा कुरा लगाउदै आएको दिल्लीस्थित स्रोत बताउछ ।

 

नयाँ दिल्लीमा दैनिक जसो आयोजना हुने कथित ‘थिङट्याङ्क’ मिटिङहरूमा नेपालका जानकारका रुपमा यिनीहरूले नेपालमा चिनियालगायत बाह्य शक्तिको प्रभाव कम गर्नुपर्ने कुरा खुलेआम बोल्दै आएको नयाँ दिल्लीस्थित स्रोतले बताएको छ ।

 

यसै सन्दर्भमा काठमाण्डौमा सरकारी गाडी ड्राइभर र सुरक्षाकर्मीहरू सरकारले खोसेर एक्लो बनाइदिएपछि सर्लाहीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह रन्थनिएर नयाँ दिल्ली पुगेको संसद सचिवालय स्रोत बताउछ । उनले पनि केपी ओली सरकारको विरुद्धमा नानाभाँतिका कुरा आफ्ना भारतीय गुरुहरूलाई लगाइरहेको नयाँ दिल्लीस्थित राजदूतावास स्रोतले बतायो ।

 

यसैगरी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पनि यति बेला नयाँ दिल्ली दौडमा छन् । कोइरालाले पनि नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्रर मोदीसंग भेटघाट गर्नुका साथै उच्च तहका नेताहरूसंग भेटघाट गर्ने कोसिस गरिरहेको बताइएको छ ।  साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...