मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना, मन्त्रीको झापडले मुख सुन्नियो



हाम्रो इकोनोमि

 

 

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कुटेका उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।

आइतबार भएको कुटपिटका कारण रातिदेखि स्वास्थ्यमा समस्या देखिएको भन्दै सचिव झा अस्पताल भर्ना भएका हुन् ।

मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएको सचिव झाले बताए ।

सचिव झालाई आइतबार मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए

प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर झापड हानेका छन्।  आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका हुन्।

 

‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा भए पनि सचिव झाले निक्कै कुटाइ खाएको देखिन्छ। मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ।

 

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

कुटाई खाने सचिव मन्त्रीकै निर्देशनमा पक्राउ

 

 प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कार्यकक्षमै बोलाएर सचिवमाथि दुर्व्यवहार गरेका छन्।

मन्त्री यादवले दुर्व्यवहार गरेका सचिवलाई तत्काल पक्राउ गर्न उल्टै प्रहरीलाई निर्देशन दिएका छन्। मन्त्रीको निर्देशन लगत्तै पत्रकारसँग रोइरहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रहरीले पक्राउ गरेको छ।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने।

 

सचिव झाले मन्त्रीको कुटाई खाँदा सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा थिए। मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको हो। उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्। कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...