निरुताले माग्न थालिन् ५ लाख, निर्माताले पुरा गर्न सकेनन् डिमाण्ड



हाम्रो इकोनोमि

 

नायिका निरुता सिंहले चलचित्र ‘नाई नभन्नु ल ५’मा छोटो दृश्यमा काम गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरिन् ।

यो चलचित्रमा छोटो भूमिकामा काम गर्दा उनले १ लाख पारिश्रमिक पाएकी थिइन् ।

यसपछि, उनले अर्को चलचित्र ‘दाल भात तरकारी’मा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी छिन् ।

चलचित्रमा उनी कलाकार हरिवंश आचार्यको जोडीको रुपमा देखिदैछिन् ।

तर, नायिका सिंहलाई अहिले चलचित्रको अफर भटाभट आउन थालेको छ ।

यसैले पनि उनले आफ्नो पारिश्रमिक समेत बढाएकी छिन् ।

नायिका सिंहले चलचित्र ‘हजार जुनी सम्म’मा अभिनय गर्ने पक्का भएको थियो ।

तर, अन्तिम समयमा आएर उनले हात झिकिन् ।

नायिका सिंहले चलचित्रका लागि ५ लाख रुपैयाँ डिमाण्ड गरेको वुझिएको छ ।

निरुताले ५ लाख मागेपछि यसका निर्देशक विकासराज आचार्यले यती रकम दिन नसक्ने बताए ।

श्रोतले अनलाइनखबरसँग भन्यो–‘चलचित्रमा निरुताको एक साताको मात्र काम छ ।

करिब ५–६ सिनमा उहाँले अभिनय गर्नुपर्ने थियो ।’

निरुताले चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा पनि यति नै रकम माग गरेकी थिइन् ।

यसैले यो चलचित्रका निर्देशक सुदर्शन थापाले कलाकार गौरी मल्ललाई फाइनल गरेका छन् ।

विकासराज आचार्यको चलचित्रमा भने निरुताको ठाउँमा संचिताले अभिनय गर्ने पक्का भैसकेको छ ।

८ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी निरुताको यो चर्को पारिश्रमिक डिमाण्डले उनलाई अप्ठ्यारो पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...