निरुताले माग्न थालिन् ५ लाख, निर्माताले पुरा गर्न सकेनन् डिमाण्ड



हाम्रो इकोनोमि

 

नायिका निरुता सिंहले चलचित्र ‘नाई नभन्नु ल ५’मा छोटो दृश्यमा काम गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरिन् ।

यो चलचित्रमा छोटो भूमिकामा काम गर्दा उनले १ लाख पारिश्रमिक पाएकी थिइन् ।

यसपछि, उनले अर्को चलचित्र ‘दाल भात तरकारी’मा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी छिन् ।

चलचित्रमा उनी कलाकार हरिवंश आचार्यको जोडीको रुपमा देखिदैछिन् ।

तर, नायिका सिंहलाई अहिले चलचित्रको अफर भटाभट आउन थालेको छ ।

यसैले पनि उनले आफ्नो पारिश्रमिक समेत बढाएकी छिन् ।

नायिका सिंहले चलचित्र ‘हजार जुनी सम्म’मा अभिनय गर्ने पक्का भएको थियो ।

तर, अन्तिम समयमा आएर उनले हात झिकिन् ।

नायिका सिंहले चलचित्रका लागि ५ लाख रुपैयाँ डिमाण्ड गरेको वुझिएको छ ।

निरुताले ५ लाख मागेपछि यसका निर्देशक विकासराज आचार्यले यती रकम दिन नसक्ने बताए ।

श्रोतले अनलाइनखबरसँग भन्यो–‘चलचित्रमा निरुताको एक साताको मात्र काम छ ।

करिब ५–६ सिनमा उहाँले अभिनय गर्नुपर्ने थियो ।’

निरुताले चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा पनि यति नै रकम माग गरेकी थिइन् ।

यसैले यो चलचित्रका निर्देशक सुदर्शन थापाले कलाकार गौरी मल्ललाई फाइनल गरेका छन् ।

विकासराज आचार्यको चलचित्रमा भने निरुताको ठाउँमा संचिताले अभिनय गर्ने पक्का भैसकेको छ ।

८ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी निरुताको यो चर्को पारिश्रमिक डिमाण्डले उनलाई अप्ठ्यारो पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...