डा. गोविन्द केसी अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

 

अनसनरत डा.गोविन्द केसीलाई अस्पताल लगिएको छ ।डा. कसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सोमबार बिहान इलाम अस्पतालमा लगिएको हो ।

चिकित्सक रामकृष्ण आचार्यका अनुसार डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको हो । उनका अनुसार डा.केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ ।

आइतबार नै गरिएको परीक्षणमा डा.केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् ।

गत पुस २५ गते संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफूसँगको सम्झौता उल्ल्ंघन भएको भन्दै डा.केसी सोही दिनबाट इलाम सदरमुकामको एक घरमा १६ औ अनसन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...