राजधानीमा खर्तनाक स्वाइनफ्लु, २ जानाको अवस्था गम्भिर



हाम्रो इकोनोमि

 

 

राजधानीमा स्वाइनफ्लु (एचवान एनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमित बिरामीको करिब दुई सातादेखि उपचार भइरहेको छ । संक्रमित १५ र २६ उमेरका काठमाडौंवासी महिला हुन् ।

उपचारमा संलग्न डा। राजेशकुमार मण्डलका अनुसार उनीहरू आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल पुगेका थिए । अहिले बिरामीको अवस्था जोखिममुक्त भएको बताउँदै उनले भने, ‘एक साता भेन्टिलेटरमै राखेर उपचार गरियो, दुवैलाई निमोनियासमेत भइसकेकाले अवस्था गम्भीर थियो ।’ यो वर्ष वीर अस्पतालमा पहिलो पटक स्वाइन्फ्लुका बिरामी भेटिएका हुन् ।

 

लक्षणअनुसार केही बिरामीमा स्वाइनफ्लुको शंका गरिएकाले उनीहरूलाई चिकित्सकको विशेष निगरानीमा राखिएको छ । यसका साथै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि स्वाइनफ्लुका बिरामी आउनेजाने भइरहेका छन् । अस्पतालमा दैनिक ३० देखि ४० बिरामी मौसमीे फ्लुका लक्षण लिएर आउने गरेका छन् । अघिल्लो वर्ष सामान्य लक्षण लिएर अस्पताल आएका ८० प्रतिशतमा विभिन्न खाले फ्लु देखिएको थियो ।

 

अस्पतालका सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाका अनुसार कडा ज्वरो र रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । उनले भने, ‘दीर्घरोगी, वृद्धवृद्धा र बालबालिका बढी संक्रमित छन्, केही बिरामीलाई आईसीयूमै राखेर उपचार थलिएको छ ।’ गर्भवती महिला, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति र धूमपान गर्ने पनि मौसमी संक्रमणको बढी सिकार भइरहेको उनले बताए ।

मौसमी संक्रमणले हुने स्वाइनफ्लुलगायत इन्फ्लुएन्जा भाइरसले विशेष गरी सय डिग्रीभन्दा बढी ज्वरो आउने, मांशपेशी दुखाउने, बान्ता आउने र बेहोस गराउँछ । नेपालमा संक्रमण गराउने भाइरसको प्रजाति इन्फ्लुएन्जा एएचथ्री र बी प्रजाति भाइरस सबैभन्दा बढी देखिएका छन् ।

 

यी प्रजाति अरू भाइरसभन्दा निकै कडा हुने र छोटो समयमै धेरै व्यक्तिमा सर्ने खालका हुन्छन् । जुन हङकङफ्लु, स्वाइन्फ्लु र र बर्डफ्लुका नामले चिनिन्छन् । यस्ता भाइरस विशेष गरी वर्षायाम र चिसो मौसम सुरु हुने समयमा बढी सक्रिय हुन्छन् । यस्तो मौसममा कम घाम लाग्ने हुँदा मानिस घामको सम्पर्कमा कम आउँछन् । घामको सम्पर्कमा कम आउँदा शरीरमा भिटामिन ‘डी’ को मात्रा न्यून भई भाइरसले छिट्टै शरीरमा आक्रमण गर्छन् ।

 

विशेषज्ञका अनुसार यसको संक्रमण मानव र जनावर दुवैमा देखिने गरेको छ । यी भाइरसको संक्रमण हुँदा बिरामीमा मृत्युदरको उच्च हुने सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले बताए । उनले भने, ‘एचआईभी, हेपटाइटिस र क्षयरोग संक्रमित, अंग प्रत्यारोपण गरेका व्यक्ति र दमका बिरामी जोखिममा छन्, संक्रमित व्यक्ति जोखिम समूहको भए सक्दो चाँडो अस्पताल पुग्नुपर्छ ।’ यस्ता भाइरस एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा आफू घरमै बसेर अरूमा सर्नबाट बचाउनुपर्ने विशेषज्ञको सुझाव छ ।

 

साबुन–पानीले हात सफा गरेर खाना खाने, खाने रुघाखोकी लागेको व्यक्तिलाई घरमा छुट्टै कोठामा राख्ने, संक्रमितले प्रयोग गरेका सामान प्रयोग नगर्ने, मास्क लगाएर सार्वजनिक स्थलमा जाने, बिरामी हुँदा घरमा आराम गर्ने, प्रशस्त झोलिलो तथा पोषिलो खाने कुरा खाने, र रुघाखोकी र ज्वरो आउनेबित्तिकै चिकित्सकसँग परामर्श गर्ने लिने वा अस्पताल जाने गर्दा जटिल अवस्था नआउने चिकित्सक बताउँछन् । ६ महिनाभन्दा माथि उमेरका सबैले भाइरसविरुद्धको खोप लगाए धेरै हदसम्म जोगिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...