दुर्लभ रुपमा पाइने रुद्राक्षमा शेष नाग र शिब लिङ्ग भाग्यमानिले मात्र देख्ने,



 

यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ ।

अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।

विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ ।

चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।

सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।

लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् ।

जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।

यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

नेपालमै आणिविक भट्टी चलाउन सकिने ! उपल्लो मुस्ताङको युरेनियम उत्कृष्ट रहेको ठहर

सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी नै चलाउन सक्ने गरी लाइसेन्स वितरण गर्ने भएको छ । यसमा निजी र बाह्य क्षेत्रको लगानी ल्याउने गरी सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थलाई सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्न व्यवस्था गर्न विधेयक संसदमा दर्ता गरेको छ ।

विधेयकमा सरकारले तोकेका शर्त र मापदण्डअनुसार इजाजतपत्र (लाइसेन्स) लिएर पारमाणविक अनुसन्धान भटटी र त्यस सम्बन्धी कृयाकलाप गर्न सकिने प्रस्ताव गरेको छ । यो विधेयक जस्ताको तस्तै पारित भएमा नेपालमा ऊर्जा लगायत शान्तिपूर्ण प्रयोजनमा आणिविक भट्टी सञ्चालन गर्न बाटो खुल्नेछ ।

विधेयकले हतिायर निर्माण जस्ता हिंसात्मक प्रयोजनमा नेपालको युरेनियम प्रयोग गर्न नसक्ने गरी कानुन बनाउन लागेको हो ।

विधेयकमा विदेशी लगानी ल्याएर उत्खनन गरेर विदेश निकासी गर्न सकिने गरी प्रस्ताव गरिएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तयार गरेको विधेयकले नेपालको पारमाणविक पदार्थको खोज, उत्खनन् र प्रयोग र निकासीको बाटो खुल्ने गरी व्यवस्थाहरु गरिएका छन् ।

यो विधेयकमा आणविक पदार्थको अनाधिकृत प्रयोग रोक्न विभिन्न व्यवस्थाहरु प्रस्ताव गरिएका छन् आणविक पदार्थको उपयोग, ढुवानी र निकासीलाई व्यवस्थित गर्ने गरी विभिन्न प्रावधान राखिएका छन् ।

अहिलेसम्म नेपालमा परमाणविक पदार्थ र प्रविधिको सुरक्षा र नियमन गर्ने कुनै विशेष कानुन बनेको छैन । यो ऐन संसदले पारित गरेपछि नेपालमा रहेको अनुमान गरिएका युरेनियम खानीहरुको उत्खनन् गर्न ढोका खुल्नेछ ।

विधेयकमा पारमाणविक पदार्थको नियमनका लागि नियमनकारी निकाय गठन गर्ने र त्यसैमार्फत आणविक कार्यक्रमका सबै पक्षलाई कानुनको अधीनमा राख्ने योजना सरकारको छ । यो नियमनकारी निकायले इजाजतपत्र वितरण गर्ने, आणविक पदार्थको दुरुपयोग हुन नदिने, रेडियोधर्मी पदार्थको विकीरणरणबाट जनस्वास्थ्यमा बचाउनुपर्ने गरी विभिन्न काम कर्तब्य र अधिकारहरु तोकिएका छन् । यो निकायले रेडियोधर्मी स्रोतको सबै अभिलेख राखेर यस्ता सामग्रीको निकासी पैठारीमा मापदण्ड पनि बनाउनुपर्ने छ ।

ऐन आएपछि नेपालले परमाणविक पदार्थको संरक्षण र उपयोगका लागि निजी वा बाह्य लगानी आकषिर्त गर्ने छ । अब देशका विभिन्न भागमा रहेका युरेनियम खानीमा हुने अनुसन्धान पनि कानुनको दायरामा आउनेछ ।

अहिले विभिन्न युरेनियम खानीहरुमा अनुसन्धानका नाममा स्थानीय क्षेत्रबाट अनाधिकृत रुपमा माटो खनेर लैजाने काम भइरहेको छ ।

ऐनको अभावले यस्ता खानीहरुको विस्तृत अध्ययनसहित उत्खनन् पनि हुन पाएको छैन । हाल उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा नेपाली सेनाले युरेनियम खानी भएको क्षेत्रमा सुरक्षा दिइरहेको छ ।

२०७०/७१ मा गरिएको प्रारम्भिक अन्वेषणबाट त्यहाँ युरेनियमको खानी रहेको रहेको पत्ता लागेको थियो । लोमान्थाङ क्षेत्रमा १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रबाट व्यवसायिक रुपमा युरेनियम उत्खनन्को समभावना रहेको अध्ययनले देखाएको थियो ।

यहाँ युरेनियमको परिमाण धेरै रहेको र गुणस्तर पनि उत्कृष्ट रहेको ठहर प्रारम्भिक अध्ययनले गरेको छ ।

युरेनियमलाई कच्चापदार्थका रुपमा इन्धन र परमाणु हतियार निर्माणमा उपयोग गरिन्छ । तर, नेपालले यहाँबाट उत्पदान हुने युेनियमको उपयोग शान्तिपूणर् काममा हुनुपर्ने गरी कानुन प्रस्ताव गरेको छ ।

पारमाणविक पदार्थसम्बद्ध कानुन आएमा ४ वर्षभित्र उत्खननको सम्भावना रहेको विज्ञले बताउने गरेका छन् । नेपालमा मुस्ताङसहित मकवानपुर, बैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी रहेको भूगर्भ विभाग बताउँछ ।

नेपालमा ६ वर्षअघि देखि नै पारमाणविक ऐन ल्याउन गृहकार्य भइरहेको थियो ।

यो ऐन आएपछि बन्ने नियामक निकायले नै देशभित्रका युरेनियम खानीहरुको संरक्षणको योजना बनाउनेछ । यही नियामक निकायले युरेनियमको संरक्षण, उत्खनन्, भण्डारण, उपयोग र निर्यातको योजना बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ