श्रीमतीसँग झगडा परेपछि होटेलमा वास, डिएसपी भन्दै १४ दिनमा १५ केटीसँग यिनले गरे मस्त



हाम्रो इकोनोमि

 

भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएसपी भीमकिरण बोगटीको परिचय दुरुपयोग गरेको पाइएको छ । युवतीसँग शारीरिक सम्पर्क राख्ने उद्देश्यका लागि थापाले त्यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरुपति होटेलबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको कर्तुत बाहिरिएको हो ।

 

थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले तिरुपति होटेलको कोठा नम्बर २०३ बाट पक्राउ गरेको थियो । १४ दिनदेखि उनी डिएसपी बोगटीको परिचयमा होटेलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको कोठामा प्रत्येक दिन फरक–फरक युवती आउने जाने गर्थे ।

 

अनुसन्धानका लागि उनीहरूलाई बोलाएको भनेपछि होटेलवालाले यस विषयमा चासो दिएको थिएन । आउने–जानेमध्येकै एक युवती डिएसपीबाट शोषणमा परेको उजुरी लिएर प्रहरी कार्यालय पुगेपछि मात्रै यो विषय सार्वजनिक भएको हो ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले डिएसपी पदको आडमा अनुचित फाइदा उठाउने उद्देश्यले उनी तिरुपतिमा बसेको पाइएको बताए । ‘उसले डिएसपी पदको आडमा अनुचित फाइदा लिएको पाइयो । युवतीमाथिको यौनशोषण त्यसमध्येको एक हो ।

 

यसका लागि उनी बहालवाला डिएसपीकै नाममा परिचित बने । अनि अनुचित फाइदा लिन जुटे,’ बोगटीले भने । प्रहरीका अनुसार थापाले डिएसपी बोगटीकै नाममा भिजिटिङ कार्डसमेत बनाएर विभिन्न व्यक्तिलाई बाँडेका छन् । तर, यस विषयमा बहालवाला डिएसपी भीमकिरण भने बिलकुलै बेखबर छन् ।

 

 श्रीमतीसँग झगडा परेपछि होटेलमा वास

प्रहरीका अनुसार थापा विवाहित हुन् । उनको १३ वर्षीय एक छोरा छ । श्रीमतीसँग सम्बन्ध बिग्रिएकै कारण उनी १४ दिनदेखि होटेल तिरुपतिमा बहालवाला डिएसपी बोगटीको आवरणमा बसेका थिए । यसबीचमा होटेलवालालाई धम्काउँदै उनले ६५ हजार रुपैयाँको उधारो सुविधा लिएका थिए । प्रहरीजस्तै देखिन उनले पोसाक मात्र नभई कपालसमेत दुरुस्त बनाएका थिए ।

 

होटेलवालालाई भने आफू गम्भीर प्रकृतिको अपराध अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट आएको र अझै केही दिन सोही कोठामा रहने बताएका थिए । ‘उसले आफूलाई अपराध अनुसन्धान महाशाखाबाट आएको हुँ भन्दोरहेछ । १४ दिनमा रक्सी र खाना मात्रै ६५ हजार रुपैयाँको खाएको देखियो, तर भुक्तानी भने गरेको पाइएन । ठमेल र दरबारमार्गलगायतका क्षेत्रमा पनि यसले यस्तै हर्कत गरेको खुलेको छ,’ डिएसपी बोगटीले भने ।

 

विदेशबाट फर्किनेलाई प्रयोग गरी सुन तस्करी, समातिए युवक

 

काठमाडौं प्रहरी परिसर, टेकुले सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भइ काँडाघारी बस्दै आएका २८ वर्षीय समिर श्रेष्ठ छन् । उनलाई २५० ग्राम सुन र ४१ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले  बताए ।

 

उनका अनुसार श्रेष्ठले यूएई, कतार लगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५०÷५० ग्राम सुन ल्याउन लगाउने गरेका थिए । त्यसवापत उनले प्रतिव्यक्ति ६ हजार रुपैयाँ दिने गरेका थिए । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा संकलन गर्दै गर्दा उनलाई समातिएको प्रहरीले जनाएको छ ।

 

‘प्रतिव्यक्ति ५० ग्राम सुन ल्याउन पाउने प्रावधानको दुरुपयोग गर्दै उनले तस्करीको धन्दा चलाएको भेटिएको छ’, बोगटीले भने, ‘थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाएका छौं ।’

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...