पाकिस्तानकी जासुस युवतीले एकै पटक ४५ भारतीय सेनालाई माया जालमा पारेपछि…



हाम्रो इकोनोमि

 

पाकिस्तानको जासुसी एजेन्सी आइएसआइकी महिला एजेन्टले एकै पटक ४५ भारतीय सेनाका जवानलाई माया जालमा पारेर सेनाका भित्री र गोप्य जानकारी हासिल गरेको खुलेको छ ।

 

जैसलमेर मिलिट्री स्टेशनका ट्यांक युनिटका सिपाही सोमवीर सिंहले कैयौं आश्चर्यजनक रहस्य खोलेका हुन् । ‘हनीट्रयाप’ मा फसाउने ती पाकिस्तानी जासुस महिलाले ४५ भन्दा बढी भारतीय सेनाका जवानलाई फसाएको खुलासा भएको छ । सोमवीर पक्राउ परेपछि अनुसन्धानको क्रममा यो रहस्य खुलेको हो । अब ती सबै जवान अनुसन्धानको दायरामा आएका छन् ।

 

आइएसआइकी महिला एजेन्टले अनिका चोपडा नामबाट फेक फेसबुक आइडी बनाएर ती सैनिक जवानसँग नजिकिन शुरु गरेकी थिइन् । अनुसन्धानमा खुले अनुसार उनले सबैभन्दा पहिले २०१६ मा सोमवीरलाई मायाजालमा पारेकी थिइन् ।

 

त्यसपछि फेसबुकमा सोमवीरको फ्रेन्ड लिस्टमा भएका साथीहरुलाई रिक्वेस्ट पठाउन सुरु गरिन् । त्यसपछि उनी सेनाका अन्य जवानहरुसँग पनि नजिकिन थालिन् । उनले आफूलाई भारतीय सेनाकै मिलिट्री नर्सिङ सर्भिसकी क्याप्टेन भएको बताएकी थिइन् ।

 

जयपुर इन्टेलिजेन्स एडिजी उमेश मिश्राका अनुसार विगत केही समयदेखि सामाजिक संजालमा शंकास्पद गतिविधि गरिरहेको देखिएपछि सोमवीरलाई २०१९ को सुरुवातमै सेनाकै हिरासतमा लिइएको थियो ।

 

 

पछि अनुसन्धान हुँदै जाँदा उनीविरुद्ध सबुत भेटिएपछि शुक्रबार गिरफ्तार गरी प्रहरी नियन्त्रणमा राखिएको छ । जयपुरमा उनीसँग सोधपुछ भइरहेको छ । उनलाई १८ जनवरीसम्म पुलिस रिमाण्डमा राखिनेछ । सोमवीरले भारतीय सेनाको ट्यांक ‘अर्जुन’ को प्रयोग गरी गरिएको युद्ध अभ्यासको भिडियो सामाजिक संजालमार्फत पाकिस्तान पठाएको पाइएको छ ।

 

 

अनिकाले २०१६ मा फेसबुकमार्फत सोमवीरसँग मित्रता गरेकी थिइन् । सुरुमा उनी म्यासेन्जरमा कुरा गर्थिन् । पछि जम्मुको मोवाइल नम्बरबाट लगातार भिडियो र भ्वाइस कल गर्थिन् । उनले जुन नम्बरबाट कल गर्थिन् त्यसको आइपी एड्रेस कराँचीको पाइएको छ । सोमवीर पक्राउ परेपछि उनले फेसबुकमा फ्रेण्ड लिस्ट ब्लक गरेकी छिन् र निजी जानकारी पनि लुकाएकी छिन् ।

 

 

ती महिला एजेन्टले सोमवीरका अलावा सेनाका अन्य ४५ भन्दा बढी जवानलाई फसाएकी थिइन् । ती जवानहरुबाट सूचना निकाल्नका लागि भिडियो कलका क्रममा उनीहरुलाई अश्लील डान्स गरेर देखाउँथिन् । सोमवीरको मोवाइलबाट उनका नग्न फोटो भेटिएका छन् । उनी जवानहरुलाई आफू मिलिट्री नर्सिङ सर्भिस भएको बताउँदै बिहे गर्ने आश्वासन पनि दिन्थिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...