मनकामना हिँडेका पारस शाह कसरी पुगे राप्रपाको वनभोजमा ?



 

गणतान्त्रिक नेपालमा अहिले राजतन्त्र छैन। तर, ‘राजाहरु कुनै दलमा सहभागी हुँदैनन्’ भन्ने मान्यता अनुरुप पूर्वराजा ज्ञानेन्द्र शाहपनि कुनै राजनीतिक पार्टीमा आवद्ध भएका छैनन्।

 

कतिसम्म भने, आफ्नै पालामा राजतन्त्र फर्किए हुन्थ्यो भन्ने चाहना भएपनि राजतन्त्र फर्काउने नीति रहेका कुनै राजावादी पार्टीलाई देखिनेगरी सहयोग पनि उनले गरेका छैनन्।

 

पूर्व युवराज पारश कतिपय राजनीतिक विषयमा बाबु ज्ञानेन्द्रसँग राजनीतिक मतान्तर राख्छन्। तर उनले पनि आफूलाई कुनै राजनीतिक दलमा आवद्ध गराएका छैनन्। तर, तिनै पारश शनिबार (२८ पुष) पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) को युवा संगठनले ललितपुरको लेलेमा आयोजना गरेको बनभोज कार्यक्रममा देखिए।

 

देखिएनन्मात्र, उनले त्यहाँ करिव ४ घण्टा बिताए। सो पार्टीमा आवद्ध युवाहरुसहित केही नेताहरुसँग खुलेर कुराकानीपनि गरे। उनको पक्षमा त्यहाँ जिन्दावादको नारा लाग्यो।

 

खासमा कमल थापा नेतृत्वको राप्रपाले राजतन्त्र पुनस्र्थापनाको एजेण्डा बोकेपनि राणा नेतृत्वको पार्टीले यो नारा लिएको छैन। राजतन्त्र पुनस्र्थापनाको एजेण्डासँग असहमत छ, राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)।

 

संविधान सभाका दुबै निर्वाचनमा समेत राणा नेतृत्वको राप्रपाले गणतन्त्रको नीति लिएको थियो। त्यसै अनुरुप उसले संविधान सभामा गणतन्त्रकै पक्षमा मतदान गरेको थियो।

 

एकताको लागि अहिले पनि राणा नेतृत्वको राप्रपा (प्र) र कमल थापा नेतृत्वको राप्रपाले प्रयास गरिरहेका छन्। अन्य विषयमा कुरा मिलेपनि गणतन्त्रको विषयमा कुरा मिलेको छैन।

 

राजतन्त्रलाई स्वीकार नगरेको र संविधान सभामा गणतन्त्रको पक्षमा मतदान गरेकाले राणा नेतृत्वको पार्टी अहिले पनि ‘गणतन्त्रवादी राप्रपा’ को रुपमा चिनिन्छ।

 

राजतन्त्र पुनस्र्थापना भयो भनेपनि पारशलाई राजा बनाउन नसकिने ‘राजतन्त्रवादी’ राप्रपाका अध्यक्ष कमल थापाले केही दिनअघि नेपालखबरसँगको अन्तवार्तामा बताएका थिए। राजतन्त्र पुनस्र्थापनाको एजेण्डा बोकेको राप्रपाले त पारशलाई राजा स्वीकार गर्न नसक्ने बताइरहेका बेला ‘गणतन्त्रवादी राप्रपा’ को बनभोजमा कसरी पुगे होलान् पारश?

 

पूर्वमन्त्री समेत रहेका राप्रपा ‘प्रजातान्त्रिक) का नेता बिराज बिष्टका भनाइमा, त्यो बनभोजमा पारशको उपस्थिति पूर्वनिर्धारित थिएन, संयोगबसमात्र थियो। ललितपुरको दक्षिणी क्षेत्र राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ नेता केशरबहादुर बिष्टको पकड क्षेत्र हो।

 

बहुदल र गणतन्त्रमा चुनाव जित्न नसकेपनि यो क्षेत्रमा हुने निर्वाचनमा बिष्टले उल्लेख्य मत हासिल गर्छन्, ठूला दलहरुसँग प्रतिस्पर्धामा आउँछन्। शनिबार पारश पुगेको लेले ललितपुरको दक्षिणी क्षेत्रमा नै पर्छ। तिनै केशरबहादुर बिष्टका छोरा बिराजलाई प्रमुख अतिथि बनाएर राप्रपा (प्र) को युवा संगठनले शनिबार त्यहाँ बनभोज आयोजना गरेको थियो।

तर, २–३ सय जना जम्मा भएर आयोजना गरिएको बनभोजमा खाना पकाउन लगिएको स्टोभ बिग्रन पुग्यो। त्यही नै त्यो बनभोजमा पारशको उपस्थितिको कारण बन्यो।

 

आफ्नो राजनीतिक क्षेत्र भएकाले बिग्रेको स्टोभ मर्मत केन्द्र खोज्न बिराज आफै अघि सरे। आफ्नै गाडीमा मर्मत केन्द्रमा लगेर मर्मत गरी त्यसलाई गाडीमा हालेर उनी बनभोजस्थल फर्कँदै थिए। त्यहीबेला बनभोजस्थल नजिकै करिव पौनै दजर्दन सहयोगीहरुका साथ पारश एउटा दोभाटोमा भेटिए।

 

‘नजिकै दलचोकी भन्ने स्थानमा मनकामना मन्दिर छ, उहाँ त्यहीँबाट फर्कँदै हुनुहुँदो रहेछ’ उनले भने, ‘बाटोमा भेट भएपछि मैले हाम्रो कार्यक्रमबारे जानकारी गराएँ, उहाँलाई पनि जाऊँ भने, उहाँले मेरो अनुरोध स्वीकार्नुभयो।’

 

बिष्टका भनाईमा, पूर्व निर्धारित कार्यक्रमविना आफ्नो अनुरोधका कारण पारश बनभोजस्थलमा पुगेपछि बनभोज कार्यक्रममा सहभागी युवाहरुलाई अप्ठेरो प¥यो।

 

‘हतारहतार साथीहरुले उहाँलाई फूलमाला र खादाको व्यवस्था गर्नुभयो, उहाँ पुगेपछि त्यो लगाइदिनुभयो’ बिष्टले भने, ‘सबै काम हतार–हतारमा गरियो।’ पौने दर्जन सहयोगीहरुका साथ दलचोकी–लेले पुगेका पारशले त्यहाँ करिब ४ घण्टा बिताए। राप्रपा (प्रजातान्त्रिक) मा आवद्ध युवाहरुसँग गफिए।

 

‘तपाईंहरु कहाँबाट आउनु भएको हो, के के गर्नुहुन्छ भनेर उहाँले चासो राख्नुभयो’ उनले थपे, ‘त्यति लामो समय हामीसँग बसेपनि राजनीतिको विषयमा खासै कुराकानी गर्नुभएन।’ राप्रपा (प्र) ले गणतन्त्रवादी लाइन लिएपनि पार्टीमा आवद्ध युवाहरुले चाहिँ ‘पारश आऊ, देश बचाऊ’ भन्ने र गणतन्त्रविरोधी नारा लगाए। तर, पारशले कुनै प्रतिक्रिया जनाएनन्।

 

‘सुनाकोठी बस्दा म यता आइरहन्थेँ, आजपनि त्यसै सिलसिलामा आएको थिएँ’ बनभोजमा उपस्थित युवाहरुसँग पारशले भने, ‘आजकल सुनाकोठी बस्दिन, त्यसैले धेरै समयपछि यता आउँदा तपाईंहरुसँग भेट भयो।’

 

झण्डै ४ घण्टा बनभोजमा बसेपनि पारशले अरुथोक खाएनन्, सिर्फ कफीमात्र पिए। उनका सहयोगीहरुले चाहिँ त्यहाँ पाकेका खानेकुरा खाए। ‘युवाहरुको बनभोज भएकाले त्यहाँ पाकेका सबै खानेकुराहरु अलिक धेरै पिरो हालिएको थियो’ बिष्टले भने, ‘धेरै पिरोले असर गर्ने भएकाले सायद कफीबाहेक अरु चिज नखानु भएको होला।’

प्रतिक्रिया दिनुहोस
आन्दोलन शान्तिपूर्ण बनाउनू : रवि लामिछाने

    मंगलबारदेखि रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा प्रवेश, दैलेखको महावु पालिका जित्ने पक्का

  पार्टीको कर्णाली प्रदेश अधिवेशन चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर

जेलभित्रआफैंले निर्माण गरेको टहरामा मनाङे, साथी विकल पौडेल

    ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद भुक्तानका निम्ति डिल्लीबजारस्थित सशस्त्र अनाश्रित

ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि