प्रहरीलाई ज्योति मगरको प्रश्न, निर्मलाका हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने?



हाम्रो इकोनोमि

 

लोक गायिका ज्योती मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन।

ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।

निर्मला पन्तका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दु:ख दिने अधिरका नभएको उनको तर्क थियो।

चौथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिन ज्योती सन्धिखर्कमा आएकी थिइन्।

ज्योती मगर जब स्टेजमा आइन माहोल निकै तातेको थियो।

उनले नेपाली पहिचानका कुरासँगै  युवादेखि पाका पुस्ताका बारेमा व्यंग्य गर्दै दर्शकलाई मजाले हँसाइन्।

उनले भनिन्, ‘जब ढाडे बिरालो नामको गीत बजारमा आयो, म विवादमा आएकी थिएँ, तर केही व्यक्तिले माया नगरे पनि धेरै दर्शक श्रोताले माया गर्नु भएको छ।यसैमा खुशी छु।’

लोक संगीतलाई छाडा बनाउने आरोप खेपिरहेकी ज्योतीले स्टेजमा रमाइलो गर्दा कसरी छाडा हुन् भन्दै मानिसको सोचाइ अनुसार शब्दको व्याख्या हुने बताइन्। दोस्रो दिन राष्टिय स्तरका कलाकारहरुले प्रस्तुति दिएका छन्।

राष्ट्रिय कलाकार ज्योती मगर, पुषोतम पौडेल, धावा लामा , इन्द्रिरा गैरै सुनिल गिरीलगायतका कलाकारले आ-आफनो प्रस्तूति दिएका थिए।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...