प्रचण्डलाई राष्ट्रसंघको मुख्यालयमा उभ्याउने गंगामायाको यस्तो छ खर्तनाक योजना



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वमाओवादी नेताबिरुद्ध गोर्खा भूजेलकी गंगामाया अधिकारीलाई संयुक्त राष्ट्रिसंघ मानवअधिकार समितिमा उभ्याउने कसरत थालिएको छ । अध्यक्ष दाहाल र पूर्वमाओवादी नेताहरुलाई विश्वभर ‘युद्ध अपराधी’का रुपमा चिनाउन गंगामायालाई संयुक्त राष्ट्रसंघको मुख्यालयमा पुरयाउने तयारी गरिएको एक मानव अधिकारकर्मीले बताएका छन् ।

 

गत बुधवार मानवअधिकारकर्मीहरुसँग गंगामाया पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा पुगेकी थिइन । संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि भलेराई जुलियान्डसँग उनले युद्ध अपराधीलाई कारवाहीको सहयोग मागेकी थिइन । जुलियान्डसँग भनेकी थिइन ‘म संयुक्त राष्ट्रसंघको मुख्यालयमै पुगेर न्याय माग्न चाहन्छु, तपाईले सहयोग गरिदिनु परयो ।’

 

जवाफमा जुलियान्डले पनि आफुले सहयोग गर्ने बाचा गरेकी थिइन । नेपालमा सक्रिय एक समुहले गंगामायालाई राष्ट्रसंघको मुख्यालयमा उभ्यिाएर प्रचण्डलाई युद्ध अपराधीका रुपमा विश्वभर प्रचार गर्ने योजना बनाइरहेको सूचना नेकपाले पनि पाएको छ ।

 

गंगामायाले जुलियान्डसँग भेटेलगतै डा. गोबिन्द केसी इलाम पुगेर अनशन बसे । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका केसीले ‘युद्ध अपराधीलाई उन्मुक्ति दिन नहुने’ नयाँ माग थपे । उनको यो माग चिकित्सा क्षेत्रसँग कुनै साइनो छैन । तरपनि उनले युद्धकालिन मुद्दालाई आफ्नो मागको बिषय बनाए ।

 

‘एउटै समयमा गंगामाया राष्ट्रसंघको कार्यालयमा पुगेर फोटो खिचाउनु र गोविन्द केसी युद्धकालिन मुद्दालाई माग बनाएर अनसन बस्नु संयोग मात्र होइन, यो सुनियोजित षड्यन्त्र हो’ नेकपा स्थायी कमिटीका सदस्य योगेश भट्टराईले भने ‘सभ्य डाक्टरले असभ्य भाषा बोल्दै केपी र प्रचण्डसँग लड्छु भन्ने आँट कहाँबाट आयो ? यो आँट षड्यन्त्रको एउटा भुल्का हो ।’

 

डा. केसीको पहिलो अनशन डीन नियुक्तिमा थियो । त्यसपछि उनी चिकित्सा क्षेत्रको सुधारका लागि अनसन बसे । उनको अनसनले चिकित्सा क्षेत्रमा सुधार आउने संकेत देखा परेको छ । तर पछिल्लो समय उनले राजनीतिक नेताहरुलाई चुनौति दिँदै राजनीतिक मुद्दामा हात हालेका छन् । उनी आफै राजनीतिक मुद्दामा प्रवेश गरेको नभई षड्यन्त्रको गोटी बनेको नेकपाले विश्लेषण गरेको छ ।

 

गंगामायालाई राष्ट्रसंघको कार्यालयमा पुरयाउन लागेको जानकारी नेकपा अध्यक्ष दाहालले पनि पाएका छन् । पार्टी स्थायी कमिटीको बैठकमा आफुलाई निरन्तर धम्कि आएको बताएका थिए । भर्खरै सम्पन्न स्थायी कमिटीको बैठकमा पार्टी एकता र आफुबिरुद्ध षडयन्त्र भइरहेको बताएका थिए । ‘पार्टी एकता हुन नदिन पहिले मलाई प्रलोभन देखाइयो, त्यसपछि धम्कि दिइयो’ स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले भनेका थिए ‘प्रलोभन सकियो तर धम्कि भने निरन्तर आइरहेको छ ।’

केही अधिकारकर्मी र कानुन ब्यवसायीहरु गंगामायालाई राष्ट्रसंघको मुख्यालय पुरयाउने तयारीमा जुटेका छन् । गोविन्द केसीदेखि गंगामायालाई उनीहरुले आफ्नो स्वार्थमा प्रयोग गर्न लागेको सुचना बालुवाटारमा पनि पुगेको छ । ‘शान्ति, लोकतन्त्र, पार्टी एकता र सरकारबिरुद्ध गतिविध भइरहेको सुचना बालुवाटारसँग छ’ बालुवाटार स्रोतले भन्यो ‘गतिविधिहरु सुष्मरुपमा नियालीरहेका छौ ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...