अब त तिमिलाई भेट्न पनि, अरु कसैको अनुमती चाहिन्छ मलाई…सबैले एकपटक पढ्नैपर्ने…महिलाले नछुटाउनुहोला



हाम्रो इकोनोमि

 

अब त तिमिलाई भेट्न पनि
अरु कसैको अनुमती चाहिन्छ मलाई.,,
म हुर्केको , म बढेको ठाउँमा जान पनि अरु कसैको..`हस जाउ´ को अनुमति चाहिन्छ मलाई,

ममि,,, किनकि पहिला हजुरहरुको घर पनि मेरै हुने गर्थ्यो.., तर अहिले घरबाट यो ठाउ माईति भएको छ..? म कसैको छोरी, दिदी, बहिनी बाट…, कसैको बुहारी , कसैको भाउजू , अनि कसैको श्रीमती भएको छु…., मामु,,? हरेक पल सम्झिने गर्छु म तिमिलाइ नै जब कसैले मलाई माया/ प्रेम गर्छन, जब कसैले मलाई तिमिले झै बिस्वास गर्छ तिम्रै याद आउँछ जब कसैले मलाई सस्कार , सम्मान र ईज्जतको कुरा सिकाउछ?

 

मामु,,, जब म तिमिसङ्गै हुने गर्थे पहिला मलाई खुवाएर तिमी खाने गर्थ्यौ..,तर अहिले समय फेरिएको छ , म अरुको पेट अगाए पछि मात्र खान पाउछु…? हेर्नुस न ममि हिजो र आजमा कति भिन्नता छ..हिजो मैले गल्ति गर्दा तिमिले फकाउने गर्थ्यौ? म सङ्ग सङ्गै रुने गर्थ्यौ..? तर हेर्नुस न ममि आज मैले गल्ति गर्दा , म आफू एक्लै रुने गर्छु? न त तिमी झै आँसु थाम्ने कोहि भेट्छु न त न त बाबाले झै फकाउने कोहि..?? मामु,,,

माया त मैले तिमी र बाबाले गर्ने झै पाएको छु सासू ससुरा बाट ? सम्मान / सुरक्षा पाएको छु पतिबाट…?
ममि तर अह, कहिल्यै तिमी , बाबा , भाइ , बहिनीको जस्तो महसुस भएन..?
ममि..,

मलाई अझै याद छ त्यो सब्दहरु भाईले मलाई बिदाई गर्दा …
`दिदी मलाई छोडेर नजानु न बरु टिभिको रिमोट तपाईं लाई नै दिन्छु´
अझै याद आउँछ बाबाले भन्नुभएको कुरा..,

 

`छोरी आफ्नो ख्याल राख्नु तिमी जत्तिको अरु कोही छैन मेरो लागि´…
अझै याद छ मामु हजुरको आखामा मेरो लागि आसुहरु देखेको थिए..??
मामु?? याद आउँछ सबैको….भन्छन नि यादहरु नै जिउने आधार हो…??
???

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...