मलाई बेहोस बनाई पुरुषहरूले मुखमा पिसाब गरिदिन्थ्यो… [भिडियो सहित]



हाम्रो इकोनोमि

 

लागुपदार्थ सेवन गर्ने दुर्व्यसनीहरुलाई सुधार केन्द्रमा उपचारको लागि राखिएको घटना त सबैलाई थाहा भएकै कुरा हो।

तर सम्पत्तिको दरुपयोग गरेको भनी एक महिलालाई सम्पत्ति दुर्व्यसनीको नाममा सुधार केन्द्रमा लगी यातना दिएको घटना बाहिर आएको छ।

बसुन्धरा निवासी सबिना कार्कीले ‘फेथ रिह्याब सेन्टर’ भैंसेपाटीमा आफू लगायत अन्यलाई चरम यातना दिइएको बताएकी छिन।

कार्कीले आफूलाई सुधार केन्द्रमा दिशापिसाब कोच्याउने समेत गरेको दाबी गरेकी छिन।

यतिसम्मकी सुधार केन्द्रको सञ्चालकले शौचालयको प्यानसमेत चाट्न लगाएको उनले बताइन।

सुधार केन्द्रमा महिला र पुरुषलाई एकै स्थानमा राख्न कानुनत पाइँदैन तर सबिना कार्की भने सुधार केन्द्रमा आफूलाई बेहोस बनाई पुरुषहरूले मुखमा पिसाब गर्ने गरेको समेत बताउछिन।

बाँके नेपालगन्ज स्थायी घर भएका आफ्नै श्रीमान् नरेन्द्र शर्माले आफूलाई ८ महिनासम्म यातना दिई सुधार केन्द्रमा लगेकोमा अपराधमा संलग्न मुख्य अभियुक्तहरुले अदालतबाट सफाइ पाएकोप्रति कार्कीले आपत्ति समेत जनाएकी छिन ।

श्रीमान् सहित परिवारको सदस्यले आफूलाई मार्ने षडयन्त्र रचेतापनी आफू बाच्न सफल भएको उनले बताइन ।

दुई सन्तानकी आमा समेत रहेकी पीडित कार्कीले आफूलाई श्रीमानले आठ महिनासम्म चरम शारीरिक यातना दिएको बताउँदै भनिन्, ‘न्यायको लागि न्यायालय जाँदा यस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई छुट्कारा दियो, अपराधीहरूलाई जतिसक्दो छिट्टो पुनः कानुनी कठघरामा उठाउनुपर्यो।’

जर्मनीमा रोजगार गरी विभिन्न समस्याको कारण नेपाल फर्किएका आफ्नो श्रीमानलाई मासिक रूपमा १ लाख रुपैयाँ आउने गरेको र अरू केटीसँग लागि आफू लगायत छोराछोरीलाई पनि बेवास्ता गरेर पैसाजति क्यासीनोमा सकाएर चरम यातना दिँदै आएको उनले दुःखेसो पोखिन् ।

पीडित कार्कीले भावुक हुँदै भनिन, ‘२०७२ सालको भूकम्पपछि श्रीमान् र मुक्ता गुरुङ भन्ने केटी भएर आफूलाई मार्ने प्रयास समेत गरेका थिए, र उजुरी गर्न जाँदा मलाई उल्टै कुटे ।

म अधिकार खोज्न नेपालगन्ज जाँदा सिडिओले निवेदन नै दर्ता गर्न मानेन ।” उनले आफूलाई यातना दिनेमा सुवास खड्का, सुधीर अधिकारी, विकु शेर्पा, सुनिल महर्जनको नाम लिएकि छन् ।

कलाकारिताको शौखिन रहेकी उनी हाल विभिन्न म्युजिक भिडियो र टेली-शृङ्खलामा अभिनय गरी दुई छोराछोरीलाई लालनपोषण गरिरहेको बताउछिन ।

नेपालमा सञ्चालित सबै सुधार केन्द्र सबिना कार्कीले भनेजस्तै आपराधिक किसिमका त हुँदैनन्।

यद्यपि सुधार केन्द्रमा यस्ता आपराधिक घटना हुन्छन् भने अपराधीलाई कानुनी कठघरामा उभ्याएर सजाय दिन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नु जरुरी छ।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...