नेपालका कुन ‘पाँच तारे’ होटेलमा एक रात बस्न कति खर्च लाग्छ ?



 

पछिल्लो समय नेपालमा पाँच तारे होटेल खोल्ने होडबाजी नै चल्न थालेको छ । ठूला व्यावसायिक घरानाहरु पनि होटेल खोल्न आकर्षित भएका छन् ।

 

होटेल व्यवसाय ग्ल्यामर भएकाले व्यवसायीहरु आकर्षित हुने गरेको निर्माणधीन म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाल बताउँछन् । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीले पनि पछिल्लो समय होटेलमा लगानी बढाइरहेका छन् ।

 

तारे होटेलमा खोल्ने विषय त शानको विषय हो भने त्यहाँ बस्नु त झन शानको विषय हो । किनभने सुविधासम्पन्न होटेलमा बस्न पनि निकै खर्च लाग्छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः पाँच तारे होटेलमै हुने गरेको छ ।

 

पछिल्लो समय नेपालीहरु पनि कार्यक्रमहरु पाँच तारे होटेलमा बढी गर्ने गरेका छन् । सुविधा सम्पन्न पाँच तारे होटलमा एक रातको कति मूल्य पर्छ भन्ने चासो सबैमा हुने गरेको छ । हाल नेपालमा १० वटा पाँच तारे होटल रहेको भएपनि दुईवटा बन्द अवस्थामा छन् ।

 

कुन पाँच तारे होटेलमा एक दिन बस्न कति खर्च लाग्छ ?
होटेल सोल्टी

नेपालमा सबैभन्दा राम्रो र सुविधासम्पन्न पाँचतारे होटलको सूचीमा रहेको क्राउन प्लजा सोल्टी काठमाडौंको हो । नेपालमा आउने ठूला भीभीआइपीहरु बस्नको लागि बढी प्रयोग हुने उक्त होटलमा विश्वमा पाइने सवै प्रकारका सेवा सुविधा छन् ।

धेरैलाई लाग्न सक्छ त्यहाँ बस्न सकिदैन । तर सोल्टी होटलमा पनि एकरातको १३ हजार ३ सय ४५ रुपैयाँ तिर्ने हो भने बस्न सकिन्छ । सबैभन्दा सस्तो रुम १३ हजार ३ सय ४५ रुपैयाँबाट सुरु हुने उक्त होटलमा ५० हजार रुपैयाँ पर्ने रुम समेत रहेको छ ।

 

साँग्रिला होटल


काठमाडौंको लाजिम्पाटमा रहेको साँग्रिला होटल पाँच तारे सुविधासम्पन्न होटल हो । सदाबाहार पर्यटकले भरिभराऊ हुने उक्त होटल पनि सबै प्रकारका सुविधाहरु पाउन सकिन्छ । साँग्रिला होटलमा एकरातको १२ हजार ५ सय ५६ रुपैयाँ प्रतिरातको तिर्नुपिर्ने हुन्छ ।

 

एक एन्ड यति

काठमाडौंको दरबार मार्गमा अवस्थित होटल याक एन्ड यति होटल चर्चित पाँच तारे होटल हो । सबै सेवा सुविधासम्पन्न होटल पर्यटकले सदाबहार भरिभराऊ हुने गर्छ । होटलमा पर्यटकले १३ हजार ५ सय ६४ रुपैयाँ रुम पाउने छन् ।

 

र्याडिसन होटल काठमाडौं

लाजिम्पाट स्थित र्याडिसन चेन होटल हो । सबै सेवा सुविधासम्पन्न रहेको उक्त होटलमा पर्यटकको लागि १२ हजार १ सय १८ रुपैयाँ पर्दछ ।

 

हायत होटल

हायत रिजेन्सी होटल काठमाडौंको बौद्धमा रहेको छ । पर्यटकको लागि एक रातको १८ हजार ६ सय ९७ रुपैयाँ पर्दछ । नेपालको लक्जरी होटलको सूचीमा रहेको हायत रिजेन्सी पनि चेन होटल हो ।

 

होटल अन्नपूर्ण


दरबारमार्गमा रहेको होटल अन्नपूर्ण होटल पाँच तारे होटल हो । सुविधासम्पन्न उक्त अन्नपूर्ण होटलमा पर्यटकलाई एकरातको १२ हजार ९ सय ७१ रुपैयाँ रहेको छ ।

 

होटल मल्ल

काठमाडौंको ठमेलमा रहेको पाँच तारे होटल मल्ल सुविधासम्पन्न होटल हो । सदाबाहार भरिभराउ हुने उक्त होटलमा पर्यटकका लागि सवै सेवा सुविधा उपलव्ध रहेका छन् । पर्यटको लागि एकरातको १९ हजार ६ सय ३९ रुपैयाँ रहेको छ ।

 

होटल ग्रान्ड पोखरा

पाँच तारे होटल ग्रान्ड पोखराको एक मात्र पाँच तारे होटल होटल हो । फुलबारी होटल बन्द भएपछि पोखारामा एउटा मात्रै पाँच तारे होटल रहेको छ । काठमाडौंबा पाँच तारे भन्दा केही सस्तो रहेको भएपनि सुविधाका हिसावले पर्यटक लोभ्याउने रहेको छ । होटलको एकरातको पर्यटकका लागि ७ हजार ४ सय ६९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्