रञ्जु दर्शनाले यस्तो गम्भिर आरोप लगाईन रवीन्द्र मिश्रलाई



हाम्रो इकोनोमि

 

वैकल्पिक राजनीतिको अभ्यास गरेको भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ ।  केही समययता बैचारिक मतभेद झेल्दैआएका दुई नेता रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भए । थापाको नेतृत्वमा आज २७ गते विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

 

पार्टी फुटेको घोषणासँगै विद्रोही पक्ष अर्थात् तत्कालिन विवेकशील समूहकी नेतृ रन्जु दर्शनासँग गरेको कुराकानीको सम्पादित अंश :

 

२०७४ साउन ११ गते हामीले पार्टी एकताको घोषणा गरेका थियौँ । नयाँ शैली र तरिकाबाट राजनीति गर्नुपर्छ भन्ने हामी दुबै पक्षलाई लागेको थियो । हाम्रो विश्वास र भरोसा नै वैकल्पिक राजनीतिप्रति थियो ।

 

तर १७ महिनाको यो हाम्रो सहकार्यको समय प्रारम्भिक चरणमा सुखद् नै रहे पनि बिस्तारै निराशामूलक रुपमा बदलिन थाल्यो । खासगरी वैकल्पिक राजनीतिप्रति हाम्रो बुझाइ नै फरक देखियो । हामी चाहन्थ्यौँ राजनीति नयाँ र फरक तरिकाले गरिनुपर्छ । यसको लागि ‘नेम र फेम’ नै चाहिन्छ भन्ने पनि थिएन । बरु एक अभियानको खाँचो जरुरी हो ।

 

हामीले बारम्बार राजनीति गर्ने तरिका र सहभागितामूलक लोकतन्त्रको मुद्दा उठाइरह्यौँ । तर यसको सुनुवाई नेतृत्व तहबाट भएन । यसैले अन्ततः हामी विधिवत रुपमै अलग भयौँ । हामी अब आफैँले सुरु गरेको विवेकशील अभियानलाई निरन्तरता दिने छौँ । आजै पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन पनि दियौँ ।

 

भूकम्पपको प्रसंग :

तपाईँलाई थाहा छ नि ! २०७२ साल बैशाख १२ गते भूकम्प जाँदा पनि अचानक त्यही दिन मात्रै भूकम्प गएको हैन । बरु त्यसभन्दा अघि वर्षौँदेखिको लामो समयसम्म प्लेटको टकराबपछि मात्रै भूकम्प गएको थियो । हो । हामीले त्यस्तै महसुश गर्यौँ । सहकार्यको हाम्रो समय पनि संघर्षले भरियो । हामीले पार्टीलाई नयाँ ढंगले लैजान प्रयत्न गरिरह्यौँ । तर नेतृत्व तहबाट ईच्छाशक्ति नै देखिएन ।

 

प्रारम्भिक चरणमा भएका प्रतिवद्धता नै पालना गर्ने मनस्थिति नेतृत्व तहमा देखिएन । पार्टीलाई नयाँ रुपमा रुपान्तरण गर्ने भनिएको थियो । त्यसप्रति गम्भीर भएको देखिएन । कुनै एक व्यक्तिको नाम लिनु भन्दा पनि उहाँहरु (नेतृत्व) ले कांग्रेस, नेकपा लगायत पुरानै पार्टीहरुको शैलीमा राजनीति गर्नुभयो । त्यही कुरा नै हामीले सुधार्नुपर्ने भन्दै आयौँ ।

 

हाम्रो मुद्दाको सुनुवाई नभएपछि अलग भएर वैकल्पिक राजनीतिलाई निरन्तर र अझै प्रभावशाली रुपमा अघि बढाउने निधो गरेका हौँ ।

 

अब हामी छिट्टै नीतिगत, संगठनात्मक लगायत प्राविधिक कुरा पनि व्यवस्थित बनाएर लैजाने छौँ । र यसमा युवाहरुको सशभागिता झनै व्यापक बनाउने छौँ । युवापुस्ता भन्नाले उमेर मात्रै नभएर नयाँ सोच भएका, वौद्धिकता, नेतृत्व क्षमता सबैको ‘कलेक्टिभ लिडरशीप’मा हामी विश्वास गर्दै अघि बढ्ने छौँ । न कि, ‘नेम र फेम’ मात्रै ।

 

वैकल्पिक राजनीतिलाई सशक्त बनाउने कुरामा हामी झनै प्रतिवद्ध छौँ । खासमा परम्परावादी शैली नै हाबी भएकाले हामी अलग हुने निर्णयमा पुगेका हौँ । आधारभुत रुपमै हाम्रो बुझाइमा फरकपन देखियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...