स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि कित्ताकाट गर्न पाइने



हाम्रो इकोनोमि

 

सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

 

रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उनको प्रष्टीकरण छ । २०७४ साउन २६ मा जग्गा  खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

 

अंशवण्डाको लागि कित्ताकाट गर्ने काममा केही लचकता अपनाएको छ । शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पद्मा अर्यालले अंशवण्डाका लागि जग्गाको कित्ताकाटमा केही लचकता अपनाउनको लागि निर्देशन दिएको बताएकी हुन् ।

 

मन्त्री अर्यालले समस्यामा परेका नागरिकहरुको समस्या सुल्झाउनको लागि यस्तो निर्देशन दिईएको जनाउँदै खेतीयोग्य जमिनमा घडेरी बनाउन भने नदिने स्पष्ट पारिन् । उनले घडेरीकोलागि कित्ताकाट नगर्न पनि नापिलाई भनेको प्रतिक्रिया दिईन् ।

 

कित्ताकाट गर्नको लागि अंशवण्डा नभएको हकमा स्थानीय तहले यो जमिन खेतीयोग्य होईन भनेर प्रमाणित गरेपछि मात्रै नापी विभागले कित्ताकाट गरिदिने अर्यालको भनाई छ । ‘यो तत्कालको समाधान हो, हामी मन्त्रालयको सफ्टवेयरमा कुनै जमिन खेतीयोग्य हो कि होइन भनेर सबै डाटा राख्दैछौं,’ मन्त्री अर्यालले भनिन् ।

  २०७४ साउन २६ गते तत्कालिन भूमि सुधारमन्त्री गोपाल दहितले खेतियोग्य जमिनको खण्डीकरणमा रोक्न भन्दै यस्तो कित्ताकाट रोक्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...