मन्त्री रविन्द्र अधिकारी बुद्धको शरणमा, सिंहदरवारको तनाव कि अनुगमन !



हाम्रो इकोनोमि

 

वाइडबडी भ्रष्टाचार प्रकरणमा निकै तनाव भोगेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सचिवसहित लुम्बिनी पुगेका छन् । बुद्धको जन्मथलो लुम्बिनी पुगेका मन्त्री अधिकारी र सचिव कृष्णप्रसाद देवकोटाले ध्यान पनि गरेका छन् ।

सिंहदरवारको तनाव हटाउन सचिवसहित मन्त्री अधिकारी बुद्धको शरणमा लुम्विनी पुगेका होइन । लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलको कार्य प्रगति हेर्न पुगेका हुन् । ६० प्रतिशतभन्दा बढि काम सम्पन्न भइसकेको लुम्बिनी अन्तराष्ट्रिय विमान स्थलमा तिव्र काम भइरहेको छ । मन्त्री अधिकारीले पनि लुम्बिनी अन्तराष्ट्रिय विमान स्थललाई आफ्नो प्रतिस्ठासँग जोडेका छन् ।

लुम्विनी पुगेका मन्त्री अधिकारीले बुद्धको मन्दिर अगाडी साधना पनि गरेका छन् । दुई हात जोडी आँखा चिम्लेर उनले ध्यान गरेका छन् । मन्त्री अधिकारीसँगै सचिव र अन्य मन्त्रालयका कर्मचारी पनि ध्यान गर्न पुगेका छन् ।

 

सार्वजनिक लेखा समितिले मन्त्री अधिकारीलाई वाइडबडी बिमान खरिद प्रक्रियामा कमजोरी गरेको भन्दै नैतिक कारवाहीको सिफारिस गरेको छ । तर सचिव देवकोटा र वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई भने भ्रष्टाचारको कारवाही गर्न अख्तियारलाई निर्देशन समेत दिएको छ ।

 

‘माक्स र माओको दिवसलाई आदर्श ठान्ने, पृथ्वी जयन्तीलाई छिछि गर्न पाइदैन–भीमार्जुन

 

संबैधानिक कानुनका ज्ञाता डा. भीमार्जुन आचार्यले विदेशमा जन्मिएका माक्स र माओको दिवसलाई आदर्श मान्दै गर्दा नेपाल राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई नविर्सिन सत्ता सञ्चालकलाई आग्रह गरेका छन् । पृथ्वी जयन्ती मनाउने या नमनाउने बिषयमा जनमत र दलहरु बिभाजित भइरहेका बेला कानुनविद् आचार्यले आफ्नै राष्ट्र निर्माणको दिवस मनाउन छिछि गर्न नहुँने बताएका छन् ।

पृथ्वी जयतन्ती मनाउन र सार्वजनिक विदा दिन सरकारलाई सजग जमातले दवाव र सुझाव दिँदै आएको छ । तर गणतन्त्रको स्थापना भएयता पृथ्वीनारायण शाहको जन्मदिनमा मनाइदै आएको पृथ्वी जयन्ती सरकारले मनाउन छोडेको छ । गणतन्त्रका नाममा राष्ट्र निर्मातालाई अपमान गरेको भन्दै आक्रोसहरु पनि बर्षेनी पोखिदै आएका छन् ।

 

‘उनले निर्माण गरेको राष्ट्रमा रजाई गर्ने लोभीपापीहरुले नसम्झेपनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै विर्सन सक्दैनन’ आचार्यले भनेका छन् ‘नेपाल र नेपालीको पहिचान उनकै देन हो । कहिले, कहाँ जन्मेका माक्स र माओ वा यस्तै दिवसलाई आदर्श मान्ने तर आफ्नै राष्ट्रको दिवसलाई छिछि गर्ने आदत राम्रो होइन ।’

 

पृथ्वी जयन्तीमा दिवस नमनाएपनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीले दिवसको शुभकामना दिएका छन् । पृथ्वीनारायण शाहको गुनगान गाउँदै राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएपनि दिवस भने नमनाउने भएका छन् । वर्तमान दुई तिहाईको कम्यूनिष्ट सरकारले पनि गणतन्त्रपछिकै अबस्थालाई निरन्तरता दिए ।

 

तर कतिपय स्थानमा भने स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । राप्रपाबाट चुनाव जितेका नेपालगञ्ज उपमहानगरपालिका र धादिङको रुवी भ्याली गाउँपालिकामा सार्वजनिक विदाको घोषणा गरिएको छ । तर अन्य पार्टीले जितेका स्थानीय, प्रदेश र केन्दमा भने सार्वजनिक विदा दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...