भाइरल गायिका समिक्षा अधिकारिको अर्को भाइरल गीत ‘वनमा काफल पाक्यो’ सार्वजनिक (भिडियो सहित)



हाम्रो इकोनोमि

 

भाइरल गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ ।

चलचित्र नाई “नभन्नु ल ५” को “बालापनको उमेर” बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् ।

उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए ।

उमेर सानै भए पनि मिठो स्वर भएकि समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौँ ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए ।

रिलिज भएको उक्त नयाँ गीत“वनमा काफल पाक्यो”मा समिक्षाले आवाज दिएकि छिन् जसमा बसन्त सापकोटाले नै संगीत भरेका छन् ।

गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् ।

गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् ।

गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् ।

विदेशमा बस्ने बुवाहरुप्रति सर्मपित गीतलाई युट्युबमा अत्यधिक रुचाइएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...