भाइरल गायिका समिक्षा अधिकारिको अर्को भाइरल गीत ‘वनमा काफल पाक्यो’ सार्वजनिक (भिडियो सहित)



हाम्रो इकोनोमि

 

भाइरल गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ ।

चलचित्र नाई “नभन्नु ल ५” को “बालापनको उमेर” बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् ।

उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए ।

उमेर सानै भए पनि मिठो स्वर भएकि समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौँ ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए ।

रिलिज भएको उक्त नयाँ गीत“वनमा काफल पाक्यो”मा समिक्षाले आवाज दिएकि छिन् जसमा बसन्त सापकोटाले नै संगीत भरेका छन् ।

गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् ।

गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् ।

गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् ।

विदेशमा बस्ने बुवाहरुप्रति सर्मपित गीतलाई युट्युबमा अत्यधिक रुचाइएको छ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...