बलात्कार पछि क्रुरता पुर्वक विभत्स हत्या,टाउको जिउ छुट्टिएको र एसिडमा डुबाइएको अवस्थामा १६ बर्षिया युवतीको शव फेला (भिडियो)



हाम्रो इकोनोमि

 

भारतको एक बलात्कार घटनाले यतिबेला हंगामा मच्याई रहेको छ। एक १६ बर्षिया युवतीको हराएको ९ दिनमा एक झाडीमा क्रुर बलात्कार पछि विभत्स हत्या भएको अवस्थामा फेला परिन ।

घटना हो भारतको गयामा ।

युवतीको शव टाउको र जिउ अलग्गै टुक्रिएको अवस्थामा एसिडमा डुबाइएको अवस्थामा शव फेला परेको हो ।

एनडीटीभीको रिपोर्ट अनुसार मृत युवतीका पिताले जनवरी ६ मा छोरी हराएको भन्दै प्रहरी चौकीमा उजुरी दिएका थिए।

उनले दिएको उजुरी अनुसार युवती गत डिसेम्बर २८ देखि हराएकी थिइन्।

स्थानीय मिडियाहरुका अनुसार युवतीको शव घर नजिकै फेला परेको थियो। मृत युवतीको आमा र दिदीले दिएको बयान मेला नखाँदा अनुसन्धान प्रभावित भएको प्रहरीको बुझाइ छ।

मृत किशोरी डिसेम्बर ३१ गतेनै फर्किएको र फर्किने बितिकै पिताले एक अपरिचित पुरुषसँग रातको १० बजे बाहिर पठाएको उनीहरुको बयान छ।

जसको कारण युवतीको हत्या आफन्त भित्रैबाट भएको प्रहरी अनुमान छ।

टाइम्स अफ इन्डियाका अनुसार प्रहरीले मृत किशोरीका आमा-बाबु र एक आफन्तको बयान लिएको थियो।

पोस्ट मोर्टेम रिपोर्ट पछि मात्रै हत्या अगाडी बलात्कार भएको अथवा नभएको पुष्टि हुने प्रहरीको भनाइ छ।

यस घटना प्रति स्थानीयहरुले मैन बत्ति बाल्दै बिरोध जनाएका थिए। बुधबार र बिहिबार स्थानीयहरुले चर्को नारा-बाजी सहित बिरोध प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...