कान्छी श्रीमती ल्याएकै दिन आफ्नै छोरी माथि बलात्कार, भन्छन् ‘श्रीमती सम्झिएर झुक्किए’



हाम्रो इकोनोमि

 

आफ्नै छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई डेनमार्कमा २ वर्ष ६ महिना जेल सजाय भएको छ । तर उनले दिएको बयानले भने जो कोहिलाई पनि अचम्भित पार्ने खालको छ ।

 

उनले छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेको उनले बयान दिएका छन् । केहि घण्टा अगाडी मात्रै विवाह गरेका ती ५० वर्षीय पुरुषले रातको समयमा बलात्कार गरेको थिए ।

 

आफ्नो अत्याधिक रक्सि सेवन गरेको कारण पीडित युवतीलाई आफन्तहरुले दुलही कोठामा सुताइदिएका थिए । आफ्नो खाटमा जाने अवस्थामा नरहेकी ती युवतीलाई पाहुनाहरुले दुलही कोठा सुताउँदा रातको २ बजेर ३० मिनेटको समय थियो । पीडित युवती बिहानको लगभग ४ देखि ५ बजेको समय अन्तरालमा बलात्कृत भएकी थिइन् ।

 

एउटै खाटमा नयाँ श्रीमती सम्झिएर आरोपीले छोरीलाई नै बलात्कार गरेकोअन्तराष्ट्रिय समाचार पोर्टल मिररमा प्रकाशित छ । आफूलाई त्यस घटनाको खासै याद नभएको र आफू झुक्किएको उनको बयान छ ।

 

अदालतमा पेश गरिएको दस्ताबेजमा भनिएको छ,‘पीडित युवती माथि बलात्कार ४ देखि ५ बजेको समय अन्तरालमा भएको हो। पिडित युवतीले कुकर्म रोक्न बिन्ति गर्दा पनि पिताले भने लगातार बलात्कार गरिरहे ।’

 

रक्सिको नशामा रहेको हुँदा प्रतिकार गर्न नसकेको युवतीले अदालतमा बयान दिएपछि आरोपी पितालाई २ वर्ष ६ महिना जेल सजाय सुनाएको हो ।

 

पहिलो श्रीमतीबाट जन्मिएकी छोरीसँग आरोपी कयौं वर्ष देखि सम्पर्कमा थिएनन्। आफ्नो विवाहकै लागि उनले छोरीलाई निमन्त्रणा पठाएर डाकेका थिए ।

पिकनिकमा बोलाएर दुई किशोरीमाथि प्रेमीहरुबाटै बलात्कार

 पिकनिक रमाइलाको एक माध्यम हो । आफ्ना साथीभाइबीच पिकनिकमा रमाउनुको मज्जा नै बेग्लै हुन्छ । तर, दुई किशोरी पिकनिक खान जाँदा आफ्नै प्रेमीबाट बलात्कृत भएका छन् ।

आफ्ना केटा साथीले पिकनिक खानका लागि बोलाएर भारतको राँचीका दुई किशोरीलाई सात दिनसम्म बन्धक बनाएर बलात्कार गरेका छन् । एक १६ वर्षीया किशोरीलाई उनको प्रेमी भनिएका बादलले पिकनिकका लागि बोलाएका थिए ।

 

ती किशोरीले अर्की १३ वर्षीया साथीलाई समेत लिएर पिकनिक खान गएकी थिइन् । ती किशोरीहरु १६ वर्षीया किशोरीका कथित प्रेमी भनिएका बादककोमा पुगेपछि बादलले आफ्नो साथी बनिषलाई फोन गरी बोलाएर कोठामा लगेर बलात्कार गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ । उनीहरुले दुई किशोरीलाई बलात्कारपछि सात दिनसम्म कोठामै थुनेको जनाइएको छ ।

 

बालिकाहरु एक साताको बन्दीपछि जब उनीहरुको कञ्जाबाट मुक्त भए त्यसपछि परिवारको सहयोगमा प्रहरीमा उजुरी दिएको जनाइएको छ । स्थानीय प्रहरी अधिकारी प्रभारी कपुरका अनुसार ती १६ र १३ वर्षका किशोरीले परिवारको सहयोगमा प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीका अनुसार १६ वर्षीया किशोरीलाई बेचविखनको उद्देश्यले नै बोलाएको हुनसक्ने जनाइएको छ । ती किशोरी आफ्ना प्रेमीले पिकनिक खान बोलाएपछि राँची गएका थिए ।

 

प्रहरी अधिकारी सुजाता कुमारीले पनि किशोरीहरुमाथि बलात्कार भएको पुष्टि दिएकी छन् । प्रहरीले नाबालिक बालिकामाथिको यौन दुव्र्यहारको वयान रेकर्ड गर्नुका साथ कार्वाहीको प्रक्रिया अगाडि बढाएको छ । तर, अहिलेसम्म बलात्कारी पक्राउ परेका छैनन् । हिन्दूस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...