माघ १ गते तारेभिर महोत्सवमा जाऔ, पाँचौ तारेभिर महोत्सवलाई सफल बनाउँ
यही माघ १ गते हुने तारेभिर महोत्सवको तयारी तिव्र बनेको छ। शिवपुरी पर्वतको काखमा रहेको तारेभिर क्षेत्रको प्रवर्द्धनका लागि २०७१ शाल देखि आयोजना हुँदै आएको महोत्सवको पाँचौ श्रृङखलाको तयारीका लागि आयोजना गरिएको बैठकमा प्रदेस सभा सदस्य रामेश्वर फुयाल , वडा सदस्य लक्ष्मण गोले , गोकुल बिस्ट , मोहन बिस्ट,हर्क तामाङ लगायतको उपस्थिती रहेको थियो।

सो छलफलमा काठमाडौँ फोटोग्राफर संघका सचिव जिवननाथ काफ्लेको सयुत्त फोटोग्रफर टोलीले तारेभिरलाई तस्वीरमा संग्रह गरेका थिए। महोत्सवको तयारीका वारेमा सह संयोजक बिकास तामाङले तयारीको वारेमा प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रमका संयोजक जय कुमार लामाले महोत्सवको प्रचार( प्रसार तिव्र बनेको जानकारी दिएका थिए। उनले महोत्सवको लागि आवश्यक गेट निर्माण , ब्यानर ब्यवस्थापन जस्ता काम सम्पन्न भएको जानकारी दिएका थिए।

बैठकमा पुर्व संयोजक हर्क तामाङले महोत्सवलाई सफल बनाउने काम स्वयम् तारेभिरवासिको भएको भन्दै त्यसका लागि सचेत हुनुपर्ने धारणा राखेका थिए । त्यस्तै वडा सदस्य लक्ष्मण लामाले आफ्नो पहिचानको लागि स्थानीय स्तरबाट प्रवर्द्धनका विशेष योजना शुरु गर्नुपर्ने बताए। तारेभिर काठमाडौँको कर्णाली भएको भन्दै त्यसलाई हटाउन तारेभिरवासी नजागी नहुने धारणा राखेका थिए।

सो तयारी बैठकमा प्रदेस सभा सदस्य रामेश्वर फुयालले आफ्नो निर्वाचन क्षेत्रको सबैभन्दा बिकट स्थानको रूपमा रहेको तारेभिरलाई पर्यटनको केन्द्र बनाउन महोत्सवको आयोजना शुरु गरिएको बताए ।

उनले पुर्वाधार निर्माणसँगै सो स्थानको सामाजिक र सांस्कृतिक विकासका लागि महोत्सवको महत्वपुर्ण भुमिका हुने बताए । उनले चेतनाको विकास बिना स्थानीय विकास सम्भव नहुने भन्दै आगामी माघ १ गते घ्यू चाक्कु खान निम्तो गरेका छ्न।
(ललीता खडका)


