गृहमन्त्री बादललाई कसले कुट्न खोज्दैछ हँ ?



हाम्रो इकोनोमि

 

नेपालको सबैभन्दा सुरक्षित प्रशासनिक केन्द्र सिंहदरबारमा बस्छन् गृहमन्त्री रामबहादुर थापा बादल । सिंहदरबारलाई चारै तिरबाट नेपाली सेनाको पहरा छ । अझ सिंहदरबार परिसरको उत्तर दिशामा नेपाली सेनाका टुकडीको बीचमा रहेको छ गृहमन्त्रालय ।

अत्याधुनिक हतियारधारी सुरक्षाकर्मी चौविसै घण्टा तैनाथ रहन्छन तर पनि गृहमन्त्री रामबहादुर थापा बादललाई असुरक्षा महसुस भइरहेको चर्चा गृहमन्त्रालयमा चलेको छ ।

‘आखिर गृहमन्त्री बादलमाथि कसले आक्रमण गर्ने दाउ खोजिरहेको छ’ सिंहदरबारभित्र जिज्ञासाको विषय बनेको छ । सिंहदरबारभित्र छिर्न सर्वसाधारणलाई कठिन छ । त्योभन्दा कठिन अहिले सिंहदरबारभित्रको गृहमन्त्रालयमा छिर्न छ । सर्वसाधारण पत्रकार वा सरकारी कर्मचारी जोसुकै भएपनि कडा सुरक्षा जाँच पछि मात्र गृहमन्त्रालयभित्र प्रवेश गर्न सकिन्छ ।

मन्त्रीमाथि आक्रमणको खतरा हुने खुफिया खबर पाएपछि गृहमन्त्रालयको प्रवेशद्वारमै मेटल डिटेक्टर डोर राख्न लगाइएको छ भने मूल गेटमै सईको ड्युटीमा महिला कर्मचारी समेत रहनेगरी एक सेक्सन खटाइएको छ ।  पहिले मूल गेटमा एकजनाको मात्र ड्युटी रहने गरेकोमा अहिले ठूलै तामझामको सुरक्षा व्यवस्था देख्दा लाग्छ गृहमन्त्री बादललाई ठूलै खतरा छ ।

 

२०७५ मंसिर ५ गते कालिकोट घर भएका पूर्व जनमुक्ति सेनाका घाइते लडाकु कुलप्रसाद भट्टराईले गृहमन्त्रीको कार्यकक्षमै विष सेवन गरी आत्मदाहको प्रयास गरे । जनयुद्ध लडेर घाईते भएका भट्टराईले जीविकोपार्जन गर्न कठिन भो आर्थिक सहायता उपलब्ध गराई पाँउ भनि गृहमा दिएको निवेदन माथि कुनै सुनुवाई नहँुदा उनले गृहमन्त्रीका सामुन्ने नै आत्मदाहको प्रयास गरेका थिए ।

गृहमन्त्रालयले गरीब, कमजोर तथा विपन्न वर्गका मानिसहरूलाई  औषधोपचारलगायतका शीर्षकमा आर्थिक सहायता बाँड्छ । त्यही शीर्षकको सहायतको अपेक्षा जनयुद्धका घाइते लडाकु भट्टराइले गरेका थिए । गृहमन्त्रीसहित मन्त्रालयमा रहेका एक समयका सहयोद्धा कमरेडबाट कुनै सहायता नपाउने भएपछि उनले दिक्दार भएर विष सेवन गरे । भट्टराईले सहयोद्धा कमरेडबाट अपमानित भएको खबर फैलिएपछि पूर्व जनमुक्ति सेनाका लडाकुहरू रिसले आगो भएका छन् ।

उनीहरूले जनयुद्ध लडेर गणतन्त्र ल्याएका पूर्व लडाकु कमरेडमाथिको अपमानलाई गंभीररुपमा लिएको बताएका छन् । भट्टराईमाथि गरिएको अपमानको बदला गृहमन्त्रीसंग लिने निर्णयको सूचना प्राप्त भएपछि गृहमन्त्रालयमा सुरक्षा व्यवस्थामा कडाई गरिएको मन्त्रालय स्रोतले बतायो । स्रोतले भन्यो–कुनै पनि पूर्व लडाकुलाई मन्त्रालय प्रवेशमा प्रतिबन्ध लगाइएको छ । पूर्व लडाकुहरूले हातपात गर्छन् वा कालोमोसो दल्छन कि भन्ने डर गृहमन्त्रीलाई छ । साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...