युवतीले मुटु चोरिन् भन्दै प्रहरीमा उजुरी दिएपछि…



हाम्रो इकोनोमि

 

पैसा तथा मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेको त तपाईँहरुले सुन्नुभएकै छ होला ।

कतिपयले त आफ्नै सामान चोरी भएको उजुरी पनि टिपाइसक्नुभएको होला ।

तर कसैले आफ्नो मुटु चोरी भएको उजुरी टिपाएको समाचार सुन्दा तपाईँलाई अनौठो लाग्न सक्छ ।

हो, त्यस्तै अनौठो उजुरी परेको छ महाराष्ट्रको नागपुर प्रहरीमा ।

भारत नागपुरका एक युवाले प्रहरी चौकीमा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराएका छन् ।

ती युवा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराउन आएपछि त्यहाँका प्रहरी अचम्म परे ।

एउटी युवती आफ्नो मुटु चोरी गरेर भागेकी र चोरी भएको मुटु प्रहरीले खोजेर ल्याइदिनुपर्ने भन्दै उजुरी दर्ता गर्न ती युवा प्रहरी चौकी आइपुगेका थिए ।

चोरी भएका सामानहरु फिर्ता ल्याइदिने भनेर उजुरी आउनु त प्रहरीमा सामान्य नै हो ।

तर मुटु नै चोरी भएको उजुरी आएपछि ड्यूटीमा खटिएका प्रहरीले यो विषयमा के गर्ने भनेर माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए ।

त्यहाँका एकजना उच्च अधिकारीले बताएअनुसार, यो घटना नागपुरको एक प्रहरी चौकीमा भएको थियो ।

ती युवाले प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दै यो समस्याको समाधान गरिदिनुपर्ने माग गरेका थिए ।

तर प्रहरीका उच्च अधिकारीहरुले यस्तो प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको भन्दै ती युवालाई घर फर्केर जान आग्रह गरेका थिए ।

नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले आफूहरुकोमा असामान्य घटनाका बारेमा पनि उजुरी आउने भन्दै यसको बारेमा गएको हप्ता खुलासा गरेका थिए ।

चोरी भएको एक लाख तीस हजार बराबरकोे सामान सामानधनीलाई फिर्ता गर्न आयोजित एक कार्यक्रममा बोल्दै उनले यस घटनाको पनि खुलासा गरेका थिए ।

पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘चोरी गरिएका सामानहरु त हामीले फेला पारेर फिर्ता गर्न सक्छौँ तर कहिलेकाहीँ भने हामीकहाँ यस्ता उजुरी पनि आउने गर्छन्, जसलाई समाधान गर्नै सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...