युवतीले मुटु चोरिन् भन्दै प्रहरीमा उजुरी दिएपछि…



 

पैसा तथा मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेको त तपाईँहरुले सुन्नुभएकै छ होला ।

कतिपयले त आफ्नै सामान चोरी भएको उजुरी पनि टिपाइसक्नुभएको होला ।

तर कसैले आफ्नो मुटु चोरी भएको उजुरी टिपाएको समाचार सुन्दा तपाईँलाई अनौठो लाग्न सक्छ ।

हो, त्यस्तै अनौठो उजुरी परेको छ महाराष्ट्रको नागपुर प्रहरीमा ।

भारत नागपुरका एक युवाले प्रहरी चौकीमा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराएका छन् ।

ती युवा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराउन आएपछि त्यहाँका प्रहरी अचम्म परे ।

एउटी युवती आफ्नो मुटु चोरी गरेर भागेकी र चोरी भएको मुटु प्रहरीले खोजेर ल्याइदिनुपर्ने भन्दै उजुरी दर्ता गर्न ती युवा प्रहरी चौकी आइपुगेका थिए ।

चोरी भएका सामानहरु फिर्ता ल्याइदिने भनेर उजुरी आउनु त प्रहरीमा सामान्य नै हो ।

तर मुटु नै चोरी भएको उजुरी आएपछि ड्यूटीमा खटिएका प्रहरीले यो विषयमा के गर्ने भनेर माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए ।

त्यहाँका एकजना उच्च अधिकारीले बताएअनुसार, यो घटना नागपुरको एक प्रहरी चौकीमा भएको थियो ।

ती युवाले प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दै यो समस्याको समाधान गरिदिनुपर्ने माग गरेका थिए ।

तर प्रहरीका उच्च अधिकारीहरुले यस्तो प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको भन्दै ती युवालाई घर फर्केर जान आग्रह गरेका थिए ।

नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले आफूहरुकोमा असामान्य घटनाका बारेमा पनि उजुरी आउने भन्दै यसको बारेमा गएको हप्ता खुलासा गरेका थिए ।

चोरी भएको एक लाख तीस हजार बराबरकोे सामान सामानधनीलाई फिर्ता गर्न आयोजित एक कार्यक्रममा बोल्दै उनले यस घटनाको पनि खुलासा गरेका थिए ।

पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘चोरी गरिएका सामानहरु त हामीले फेला पारेर फिर्ता गर्न सक्छौँ तर कहिलेकाहीँ भने हामीकहाँ यस्ता उजुरी पनि आउने गर्छन्, जसलाई समाधान गर्नै सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको