वाइडबडी किन्न २१ बैठक : कसको भूमिका के ?



हाम्रो इकोनोमि

 

 

२९ असोज ०७२ बिहान ७:३०
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश थपलियाको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : वाइडबडी र न्यारोबडी विमान खरिद गर्न अध्ययन गराई विभिन्न विकल्पसहित तीन महिनाभित्र प्रतिवेदन पेस गर्न महाप्रबन्धक कंसाकारलाई जिम्मेवारी ।

 

२ वैशाख ०७३ साँझ ५:१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : सञ्चालक समिति सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा वाइडबडी खरिद उपसमिति गठन ।

 

५ असोज ०७३ साँझ ५:१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक: वाइडबडी विमान खरिद सम्बन्धमा निगम व्यवस्थापनबाट पेस भएको प्रस्तावलाई अन्तिम रूप दिँदै खरिदका लागि बोलपत्रको ढाँचा तयार पार्न व्यवस्थापनलाई निर्देशन ।

 

७ असोज ०७३ बिहान ७:३०
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : रोल्स रोयस इन्जिन जडान भएको दुई वाइडबडी एयरबस किन्न ४५ दिनको म्याद दिएर बोलपत्र आह्वान गर्ने निर्णय । निगमसँग दुईवटा न्यारोबडी भएकाले वाइडबडी पनि एयरबस नै किन्ने प्रस्टीकरण । बोलपत्रमा एक सयदेखि एक हजार घन्टासम्म उडेका जहाज किन्ने सर्त उल्लेख गर्ने निर्णय ।

 

१७ असोज ०७३ साँझ ४:४५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक ः निगमलाई वाइडबडी आपूर्ति गर्न प्राप्त १० प्रस्ताव अध्ययन गरी प्रभावग्राही भए–नभएको यकिन गरी अर्को बैठकमा पेस गर्न व्यवस्थापनलाई निर्देशन ।

 

१ माघ ०७३ साँझ ५:३०

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : १० मध्ये चार प्रस्ताव प्रभावग्राही नभएको निष्कर्ष, बाँकी ६ मध्ये पनि तेस्रो सूर्य एयर सपोर्टले ११ करोड ५३ लाख डलर, दोस्रो सिनर्जी एयर स्पेसले ११ करोड ३२ लाख डलर र पहिलो एएआर कर्पोरेसनले १० करोड ९२ लाख डलर कबोल गरेकाले न्यूनतम प्रस्ताव स्वीकृत गर्ने निर्णय ।

 

२ माघ ०७३
निगम सञ्चालक समितिको अघिल्लो दिनको निर्णयअनुसार एएआर कर्पोरेसनसँग जहाज किन्न आशयपत्र जारी ग-यो । समझदारी (एमओयू) गर्दा बैना पठाउने प्रतिबद्धतासहित मस्यौदा तयार ।

 

३ माघ ०७३ बिहान ७:००
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : एएआरसँग एमओयू गर्न निगम व्यवस्थापनले अघिल्लो दिन तयार पारेको मस्यौदामाथि अध्ययन गरी आवश्यक परिमार्जन गर्न सञ्चालक समिति सदस्य शिशिर ढुंगानाको संयोजकत्वमा उपसमिति गठन ।

 

९ माघ ०७३
संयोजक ढुंगानाको अध्यक्षतामा उपसमितिको बैठक : एमओयूको मस्यौदामा सामान्य परिमार्जनसहित पारित । बिक्रेताबाट बैंक ग्यारेन्टी आएपछि बैना रकम पठाउन स्वीकृति ।

 

१७  माघ ०७३ साँझ ५:१५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : दुईवटा वाइडबडी एयरबस खरिद गर्ने सम्बन्धमा सञ्चालक समितिबाट गठित उपसमितिको प्रतिवेदनका आधारमा एएआर कर्पोरेसनसँग १४ माघमा भएको एमओयू अनुमोदन । अनुसार बैनाबापत १० लाख अमेरिकी डलर पठाउन निगम व्यवस्थापनलाई अनुमति दिने निर्णय ।

 

२६ फागुन ०७३ बिहान ८:००
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : एएआर कर्पोरेसनबाट प्राप्त खरिद तथा बिक्री सम्झौता (एसपिए)को मस्यौदामाथि वार्ता गर्न बुद्धिसागर लामिछानेको संयोजकत्वमा उपसमिति गठन ।

 

२२ चैत ०७३ बिहान ८:००

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक: विमान खरिद गर्न कर्मचारी सञ्चय कोषसँग ऋण लिने निर्णय । सञ्चय कोषसँग वार्ता गर्न व्यवस्थापनलाई निर्देशन ।

 

२५ चैत ०७३ बिहान ८:००
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक:खरिद तथा बिक्री सम्झौतामा हस्ताक्षर गर्न निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन । किन्न खोजेको जहाजको फिचरमा केही फरक परी निर्णय गर्नुपर्ने भएमा सञ्चालक समितिको स्वीकृति लिन व्यवस्थापनलाई निर्देशन ।

 

२९ चैत ०७३ साँझ ५:१५ 
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : दुई वाइडबडी खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिने र नेपाल सरकार जमानत बस्न मन्त्रिपरिषद्को निर्णयका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय ।

 

१२ वैशाख ०७४ साँझ ५:१५ 

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : विमान खरिदका लागि नेपाल सरकार जमानी बस्न मन्त्रिपरिषद्ले ५ वैशाखमा गरेको निर्णयअनुसार सञ्चय कोष र लगानी कोषबाट बढीमा १२–१२ अर्ब ऋण लिन व्यवस्थापनलाई निर्देशन दिने निर्णय ।

 

२२ वैशाख ०७४ साँझ ५:१५ 

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक:अर्थ मन्त्रालयले तोकेको सर्तमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिने ऋणसम्बन्धी कागजपत्रमा हस्ताक्षर गर्न महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन ।

 

२१ जेठ ०७४ बिहान ८:००
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक ः विमान खरिद प्रक्रियाबारे सञ्चय कोषले उठाएका जिज्ञासाको सम्बन्धमा उचित जवाफ दिन व्यवस्थापनलाई निर्देशन ।

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...