निर्मला पन्त प्रकरण : यज्ञराज पन्तले पत्नी दुर्गादेवीलाई किन पिटे ? यस्तो रहेछ कारण



हाम्रो इकोनोमि

 

छोरीको न्यायका लागि लामो समय लडेकी निर्मला पन्तकी आमा आफ्नै श्रीमानबाट कुटिएकी छिन् । श्रीमान यज्ञरात पन्त र उनकी कान्छी पत्नी लक्ष्मी पन्तले अभद्र ब्यवहार गर्दै दुर्गादेवीमाथी कुटपिट गरेका छन् । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि बुधवार रगतको नमुना दिएकी थिइन । घरमा सल्लाह नै नगरी डीएनए परिक्षणका लागि रगत दिएको भन्दै श्रीमान यज्ञराजले कुटपिट गरेको छिमेकीले बताएका छन् ।

 

परिवारको सल्लाहबिना नै रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले उनीमाथी अभद्र ब्यवहार गरेका थिए । ‘घरमा सल्लाह नै नगरी किन रगत दिएको’ भन्दै बाबु यज्ञराजले कुटपिट गरेको छिमेकी मञ्जु भट्टले बताइन ।

निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न दुर्गादेवी पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिएकी थिइन । त्यही बिषयमा श्रीमानले कुटेका छन् भने सौताले अभद्र ब्यवहार गरेकी छिन् । बिहान खाना पकाउँदै गर्दा श्रीमानले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको उनले बताइन ।

 

डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी बताइन । ‘निर्मलाको स्वाबमा भएको डीएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौँ’, उनले भनिन् ‘बुवा र मेरा रगतको नमुना लिने कुरा थियो । म तीन–चार दिन जिल्ला प्रशासन कार्यालय गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना संकलन गरेँ ।’

निर्मलाकी आमाले छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको भन्दै राहत लिने निर्णयमा पुगेकी थिइन । तर बाबु यज्ञराजले भने राहत लिने बिषयमा आपत्ति मात्र जनाएनन् अभद्र शब्दसम्म बोले । ‘राहत बुझे तेरो मुखमा पिसाव फेरिन्दिछु’ निर्मलाकी आमालाई अभद्र शब्द प्रयोग गर्दै बाबु यज्ञराजले भने ।

 

धेरै समय न्यायका लागि लडेको र आन्दोलन पनि सेलाउँदै गएपछि राह बुझने निस्कर्षमा दुर्गादेवी पुगेकी थिइन । उनी अब धर्ना बसेर पनि न्याय तत्काल नपाइने बताउँछिन् । राहत बुझेर अनुसन्धानमा प्रहरीलाई सहयोग गर्नुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...