दलहरूमाथि यसरी खनिए ज्ञानेन्द्र, दिए यस्तो चेतावनी (पूर्णपाठसहित)



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा देश आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको दाबी समेत गरेका छन् ।

 

शाहले पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले नेपाली राष्ट्रिय एकताका प्रवद्र्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभअवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना समेत व्यक्त गरेका छन् ।

 

‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूंदैन । भुलेर, अलमलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ’ शाहले जारी गरेको शन्देशमा उल्लेख छ ।

 

उनले बडामहाराजाधिराजको दिव्य उपदेशको औचित्य स्मरण गराउँदै उक्त दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिएको बताएका छन् ।

 

एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने भन्दै उनले नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पू-याउने, अनूशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँुदैन भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

 

‘नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिँड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौँ’ पूर्व राजा शाहले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...