सरकारले भन्यो : डा. केसीका अधिकांश माग पूरा भइसक्यो



हाम्रो इकोनोमि

 

सरकारले चिकित्सा शिक्षासँग जोडिएका डा. गोविन्द केसीको अधिकांश माग पूरा भइसकेको बताएको छ ।शिक्षा तथा स्वास्थ्य समितिको निर्णयपछि डा. केसीले अनसन बस्ने नभई उत्सव बनाउनुपर्ने सरकारका प्रवक्ताको टिप्पणी छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘केसीले उठाएका मागहरु सबै पूरा भइसके जस्तो लाग्छ ।’

उनले अघि भने, ‘यसमा के सम्बोधन भएन र ? यो उत्सव मनाउन पर्ने बेला हो जस्तो लाग्छ ।’ केसीले अरु विषयमा केके मिटिङ बैठक गर्नुहुन्छ, क–कसको अनुरोधमा माग राख्नुहुन्छ थाहा नभएको मन्त्री बास्कोटाले टिप्पणी गरे ।

डा. केसीले उठाएका द्वन्द्वकालीन मुद्दा लगायतका मागतर्फ संकेत गर्दै उनले भने, ‘विशुद्ध व्यवसायिक हो कि अरु केही खिचडी सिचडी केके हो हेर्नुहोला ।’

 

डा.  केसी भने १० साउनमा आफूसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको भन्दै बुधबारदेखि इलाममा आमरण अनसन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...