परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्। बिहीबार बिहान दिल्ली आइपुगेका मन्त्री ज्ञवालीले दिउँसो भारतीय समकक्षी स्वराजसँग भेट गरेका हुन्।

 

मन्त्री ज्ञवाली रायसिना डायलगको चौथो संस्करणमा भाग लिन  दिल्ली आइपुगेका हुन्। यस संस्करणको मन्त्री स्तरीय सत्रलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस अघि उनले भारतीय समकक्षी स्वराजसँग भेट गरेका हुन्।

विदेशमन्त्री स्तरीय भेटमा द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै विगतमा भएका सम्झौतामध्ये कार्यान्वयनमा जान नसकेका विषयमा ज्ञवालीले समकक्षी स्वराजको ध्यानाकर्षण गराएका छन्।

 

शुक्रबार दिल्लीस्थित दूतावासमा मन्त्री ज्ञवालीले नेपाली समुदायसँग भेट गर्दैछन्। नेपाली समुदायले मन्त्री ज्ञवालीसँगको भेटमा समस्याको सूचीसहितको ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। मन्त्री ज्ञवाली शुक्रबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...