परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्। बिहीबार बिहान दिल्ली आइपुगेका मन्त्री ज्ञवालीले दिउँसो भारतीय समकक्षी स्वराजसँग भेट गरेका हुन्।

 

मन्त्री ज्ञवाली रायसिना डायलगको चौथो संस्करणमा भाग लिन  दिल्ली आइपुगेका हुन्। यस संस्करणको मन्त्री स्तरीय सत्रलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस अघि उनले भारतीय समकक्षी स्वराजसँग भेट गरेका हुन्।

विदेशमन्त्री स्तरीय भेटमा द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै विगतमा भएका सम्झौतामध्ये कार्यान्वयनमा जान नसकेका विषयमा ज्ञवालीले समकक्षी स्वराजको ध्यानाकर्षण गराएका छन्।

 

शुक्रबार दिल्लीस्थित दूतावासमा मन्त्री ज्ञवालीले नेपाली समुदायसँग भेट गर्दैछन्। नेपाली समुदायले मन्त्री ज्ञवालीसँगको भेटमा समस्याको सूचीसहितको ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। मन्त्री ज्ञवाली शुक्रबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...