छ महिना पछी यसरी दोस्रो बिहे गर्दैछन् प्रचण्ड, बैशाख २६ गते निस्कियो साईत
शान्ति प्रक्रियामा आएयता जेठी छोरी ज्ञानु, एकमात्र छोरा प्रकाशलाई गुमाएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उनकी पत्नी सीता दाहालले उनीहरुको जीवनमा महत्वपूर्ण भूमिका खेलेका एकजना निकट नातेदार गुमाएका छन्।
ती नातेदार हुन्, केशबप्रसाद गौतम। नाताले उनी प्रचण्ड–पत्नी सीता दाहालका आफ्नै मामा हुन्, जसले प्रचण्ड र सीताबीचको लगनगाँठो कस्न निर्णायक भूमिका खेलेका थिए। ८६ बर्षीय तिनै गौतमको सोमबार (२३ पुष) मा काठमाडौँमा निधन भयो।
सीतासँग बिहे भएको ५० वर्ष पुगेको उपलक्ष्यमा २६ बैशाख (०७६) मा दोस्रो पटक बिहे गर्दैछन् प्रचण्ड। र, सीतासँग विहे जुराइदिने तिनै गौतमको गत साउन–भदौताका टोखास्थित निवास पुगेर प्रचण्डले आफ्नो दोस्रो बिहेको निम्तो समेत दिएका थिए।
मगनी–कथा
सीतासँगै फेरि दोस्रो बिहे गर्ने सोचाई बनाएका प्रचण्डको योजनाबारे असोज तेस्रो साता स्व गौतमसँग प्रचण्ड–सीताबीचको ५० बर्षअघिको बिहे बारे लामो कुराकानी गरेको थियो। र, उनले त्यो विहेबारे रोचक विवरण सुनाएका थिए।
गौतमका अनुसार विहेका लागि पहिलो प्रस्ताव प्रचण्ड परिवारको तर्फबाट गएको थियो। ‘प्रचण्डका बा र मेरो ससुराबा मकहाँ आए, लौ नाता जोड्न प¥यो भने’ २३ असोजको कुराकानीमा उनले सुनाएका थिए, ‘यही कुरा मैले सीताको परिवारमा पु¥याएँ।’
आफू भन्दा ६ महिना जेठी सीतासँग प्रचण्डको बिहे २६ बैशाख २०२६ मा भएको थियो। २०१९ मा कास्कीको ढिकुरपोखरीबाट चितवन बसाईं सरेका र आर्थिक हिसाबले अपेक्षाकृत गरिव प्रचण्डका पिता आधा दर्जन सन्तान पाल्न चितवनमा कठिन संघर्ष गर्दै थिए।
‘भर्खर पहाडबाट बसाईं सरेको परिवार हो, अढाई विघा जति जग्गा जमिन छ, केटो टाठो छ, दिँदा हुन्छ क्यारे भन्छु म त’ सुरुमा प्रचण्डलाई आफ्नी चेली सुम्पन सीताका परिवारले गरेको आनाकानी सम्झँदै गौतमले भनेका थिए, ‘उनीहरुले छोरीले खाएको घर र डडेलोले खाएको वन भनेजस्तो अल्लि गा¥हो हुन्छ कि भनेर उखानैसहित भने।’
यसो भन्नुको मतलव थियो, प्रचण्डका दिदी बहिनी धेरै हुनु। किनभने, सहज जीविकाको खोजीमा कास्कीको ढिकुरपोखरीबाट चितवन बसाईं सरेका प्रचण्डका बा मुक्तिराम दाहालसँग जग्गा जमिन जम्मा डेढ विगाह थियो भने खाने पेट धेरै थिए। अर्थात् आफू बुढाबुढी, साथमा २ छोरा र ६ छोरी।
छोरी धेरै भएको परिवारमा आफ्नी छोरी अन्माएर दिन अन्कनाउने प्रचलन त्यतिबेलाको ग्रामिण समाजमा थियो। त्यही भएर बाआमाले आफ्ना दुई छोरीमध्येकी जेठी सीतालाई प्रचण्डसँग बिहे गराईदिन सुरुमा अप्ठेरो मानेका थिए। त्यसबाहेक प्रचण्डको परिवार गरिब र सीताको परिवार धनी हुनु अप्ठेरो मान्नुको अर्काे कारण थियो।
प्रचण्डलाई सीता दिन अन्कनाएपछि सीताका अविभावकलाई थप ‘कन्भिन्स’ गर्न गौतम नै अघि सरे। ‘त्यस्तो होइन, केटो एकदम ठीक छ, मैले बच्चैदेखि जानेको छु, स्कुलमा पनि एकदम चलाख’ सीताका अविभावकलाई ‘कन्भिन्स’ गर्न बताएको प्रचण्डको गुण उल्लेख गर्दै उनले भनेका थिए, ‘झैझगडा भयो भनेपनि मिलाउन जान्छ।’
यसो भन्नुअघि सीताका अविभावकलाई गौतमले अर्काे रोचक कुरापनि सुनाएका रहेछन्। आफूले भनेको कुरा सम्झँदै उनले सुनाएका थिए, ‘केटो यति चलाख छ कि, केही गर्न नसके एक्लै रुखको टुप्पामा लगेर भएपनि पाल्न सक्छ। यस्तो केटालाई छोरी दिए हुन्छ।’ त्यसपछि मात्र सीताका बाबु प्रचण्डलाई जेठी छोरी दिन राजी भए।
केशव सीताका मामा पर्ने भएपछि सीताका बाबु नाताले केशवका भिनाजु पर्थे। केशवले नै प्रचण्डको बारेमा त्यति बखान गरेपछि उनले भनेछन्, ‘तैँले यति भनेपछि भाञ्जी दिएँ, जस्तो हुन्छ, तैंल्यै हेर्।’
त्यो ‘कन्भिन्स–कथा’ सुनाइसकेपछि समयक्रममा प्रचण्डले गरेको ‘राजनीतिक तरक्की’ प्रति गौतमले सन्तुष्टि व्यक्त गरे। र, थपे ‘केटो टाठो भन्ने कि लाटो, जंगलमा त लगे, राम्रै पनि भयो। मैले भनेको कुरा पनि पुग्यो।’
यसरी भयो बिहे
सीताका बुबा निकै धनी थिए। जेठी छोरीको बिहे उनले धुमधामसँग गराइदिए। अहिलेजस्तो एकै दिनमा सकिने बिहे उतिबेला हुँदैनथ्यो। एक दिन जन्ती आउने र अर्काे दिन बेहुली अन्माउने गरी दुई दिने बिहेको कार्यक्रम हुन्थ्यो।
‘शम्भु भन्ने एकजना साहु थिए, बिहेका लागि भिनाजु (सीताका बुबा) ले ती साहुको घरबाट दुई वटा जेनेरेटर ल्याएर विजुली बाल्नुभयो’ स्व गौतमले भनेका थिए, ‘जेनेरेटरको विजुलीले पाखै उज्यालो पारिदिनुभयो। दाइजो–साइजो पनि राम्रै दिए, विहे भव्य भयो।’
सीतासँग आफ्नो लगनगाँठो जुराइदिएका गौतमको गुन प्रचण्डले शान्ति प्रक्रियामा आएर प्रधानमन्त्री बनेपछि पनि भुलेनन्। प्रधानमन्त्री छँदापनि उनी पटक पटक स्व गौतमलाई भेट्न गइरहन्थे। साउन–भदौमा पनि प्रचण्ड गौतमलाई भेट्न पुगेका थिए। गौतमसँगको त्यो भेटमा प्रचण्डले बिहे भएको ५० वर्ष पुगेको उपलक्ष्यमा सीतासँग फेरि दोस्रो बिहे गर्न लागेको निर्णय सुनाए। र, त्यो बिहेमा उपस्थितिका लागि निम्तो दिए।
‘दोस्रो बिहे गर्ने आफ्नै निर्णयप्रति प्रचण्ड कत्तिको खुसी हुनुहुन्छ?’ भन्ने प्रश्नको उत्तर दिँदै गौतमले भनेका थिए, ‘आत्मै खुसी हुन त गा¥हो छ उनलाई। किनभने दुई दुई जनाको दुर्घटना (छोरी ज्ञानु र छोरा प्रकाशको अल्पायुमा निधन) घटिसक्यो। चारैतिर खेदो पनि छ। प्रचण्डलाई टिक्नपनि दिन्छन्, दिँदैनन् जस्तो बनाएका छन्। आत्मा खुसी हुन त गा¥है छ। त्यो बेला बच्चैमा बिहे गरियो, अब ५० बर्षको उपलक्ष्यमा बिहे गर्ने इच्छा छ।’
यति भन्दै प्रचण्डले गौतमलाई भनेछन्, ‘मैले हजुरलाई आजैबाट निम्तो दिएँ। जसरी पनि आउनुहोला।’ निम्तो प्रचण्डको, तर नाताले निकट सीताको माइतीतर्फ। त्यसैले, गौतमले प्रचण्डसँग ठट्टा गर्दै सोधेछन्, ‘बिहेको निम्तो त दिनुभयो। तर, म कताबाट आउने– जन्ती बनेर कि सीतातिरबाट आउने? सीता मेरी भाञ्जी भएपछि त उनैतिरबाट आउने होला नि?’
यो कुराकानी हुँदाको गौतमको स्वास्थ्य अवस्था कमजोर थियो। स्वासप्रश्वासमै समस्या भएकाले अक्जिजन लिइरहेका थिए। स्वास्थ्य समस्याका कारण बेला–बेला रोकिँदै त्यो रोचक बिहे बृत्तान्त उनी सुनाइरहेका थिए। ‘जानुहुन्छ त प्रचण्ड–सीताको दोस्रो विहेमा?’ उनले उत्तर दिए, सके त जाने हो, नसके के जाने? गाडी छ घरमा, लान्छन् होला नि।’
उनको कुराकानीबाट सहजै के बुझ्न सकिन्थ्यो भने, प्रचण्डले योजना बनाए अनुसारको प्रचण्ड–सीताबीचको दोस्रो विहेमा जान उनी इच्छुक थिए। २३ पुषमा निधन भएका कारण गौतम प्रचण्ड–सीताको दोस्रो बिहेमा गौतमको अनुपस्थिति खड्कने भयो। केही महिनाअघि प्रचण्ड काठमाडौंको टोखा पुगे, ८६ बर्षीय आफन्त केशव गौतमसँग आग्रह गरे, ‘मामा, त्यो दिन चाहिँ जसरी पनि तपाईं आउनै पर्छ है।’
बिहीबारदेखि भर्खर कार्तिक लाग्यो, ०७६ को बैशाख आउन अझै ६ महिना बाँकी छ। तर, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भने ०७६ बैशाखको अन्तिम साता कहिले आउला जस्तो भइसकेको छ। शहरिया केटाकेटीले आफ्नो जन्मदिन कहिले आउला भनेजस्तै २६ बैशाख ०७६ को तीब्र पर्खाइमा छन् प्रचण्ड।
जब उनी निकटका आफन्तजन, त्यसमा पनि उमेर ढल्किसकेका बुढाबुढी भेट्छन्, ‘दीर्घायुको कामना’ गर्दै उनी २६ बैशाख ०७६ का लागि निम्ता दिइहाल्छन्, ‘त्यो दिन चाहिँ तपाईं जसरी पनि आउनु पर्छ है।’ केही महिनाअघि प्रचण्ड काठमाडौंको टोखा पुगे, ८६ बर्षीय आफन्त केशव गौतमसँग आग्रह गरे, ‘मामा, त्यो दिन चाहिँ जसरी पनि तपाईं आउनै पर्छ है।’
नातामा प्रचण्डपत्नी सीता दाहालका मामा हुन् केशव गौतम। ५० बर्षअघि, २०२६ प्रचण्ड र सीता दाहालको जोडी बाँध्न लमीको काम उनैले गरेका थिए। र, सीतासँग आफ्नो प्रणय सम्बन्ध गाँसिदिन भूमिका निर्वाह गरेका तिनै गौतमलाई त्यसदिन आफ्नो ‘दोस्रो विहे’ को निम्तो निम्तो दिएर फर्किएका थिए प्रचण्ड।
चितवन पटियानीकी तिनै सीता पौडेलसँग विहे भएको ५० बर्ष पुगेको अवसरमा आगामी २६ बैशाखमा फेरि विहे गर्न प्रचण्ड कस्सिएका हुन्। पारिवारिक स्रोतका अनुसार, आफ्नो विहेको ५० औँ वर्षगाँठका अवसरमा हुन लागेको कार्यक्रलाई प्रचण्डले सीतासँगको ‘दोस्रो विहे’ का रुपमा परिभाषित गरेका छन्।
कुनै दम्पत्तिको विहे भएको ५० बर्ष पुगेको अवसर स्वर्ण महोत्सवका रुपमा भव्य रुपले मनाउने प्रचलन नेपालमा पनि व्याप्त भइसकेको छ। प्रचण्ड–सीताको विहे २६ बैशाख २०२६ मा भएको थियो। यस हिसावले आगामी २६ बैशाख (०७६) मा प्रचण्ड र सीताको विहे भएको ५० बर्ष पुग्छ।
पारिवारिक स्रोतका अनुसार, प्रचण्डलाई उनको विहेको स्वर्ण महोत्सवलाई दोस्रो विहेका रुपमा मनाउन अरु कसैले सुझाव दिएका होइनन्, उनी आफैले यो योजना बनाएका हुन्। ‘यो ५० बर्षको बीचमा सीताले मलाई थुप्रै सहयोग गरेकी छन्’, पारिवारिक सदस्यहरुसँग प्रचण्डले भन्ने गरेका छन्, ‘त्यसैले, ५० बर्ष पुगेको उपलक्ष्यमा फेरि सीतासँग मेरो दोस्रो विहे हुन्छ।’
सीतासँग दोस्रो विहे गर्ने योजना प्रचण्डले एकमात्र छोरा प्रकाशको ३ मंसीर ०७४ मा निधन भएपछि बनाएका हुन्। चुनावी चटारोमा रहेका बेला जब प्रकाशको निधन भयो, सीता विव्हल बनिन्। उनलाई अनेक रोगले गाँज्दै लग्यो। अत्याधिक शोकका कारण नजिकका मान्छे पनि चिन्न छाडिन्। त्यसयता उनको मुहारमा खासै खुसी देखिएको छैन।
अनेक हण्डर ठक्करका बाबजुद पत्नी सीताले आफूलाई गरेको सहयोगका कारण कृतज्ञ बनेका प्रचण्ड पत्नी सीताको यस्तो अवस्थाका कारण निकै चिन्तित छन्। तर, घरमूलीले नै चिन्ता देखायो भने पत्नी सीताको अवस्था त झन् नाजुक हुनसक्छ, बाँकी २ छोरी र अन्य पारिवारिक सदस्यहरुमाथि पनि तनाव बढ्न सक्छ भन्ने कुरामा उत्तिकै सचेत छन्।
सीताको अवस्थामात्रै ठीक हुने हो भने प्रचण्ड परिवारमा खुसी पूर्ववत रुपमा फर्किन सक्छ। त्यसैले, प्रचण्ड सीताको हृदयमा जसरी हुन्छ, खुसी फर्काउने ध्याउन्नमा छन्। सीताले जे भन्छिन्, उनी टार्न सक्दैनन्। पार्टी एकताको काम थाती राखेर असार अन्तिमसाता सीताको उपचारका लागि सिङ्गापुरमा प्रचण्डले दुई हप्ता बिताउनुको कारणपनि यही थियो।
दाम्पत्य जीवन सुरु भएको ५० बर्ष पुगेको उपलक्ष्यमा प्रचण्डले सीतासँग दोस्रो विहे गर्ने कार्यक्रम बनाउनुको प्रमुख उद्देश्य पनि उनको मुहारमा पुरानै खुसी हेर्नका लागि हो। ‘प्रचण्ड सीता खुसी भएको, मज्जासँग हाँसेको देख्न चाहन्छन्, सीतासँग दोस्रो पटक विहे कार्यक्रम राखियो भने त्यो खुसी र हाँसो फर्किन सक्छ भन्ने उनको आशा छ।’


