नेपालबाट भारतीय कामदारले लैजान्छन् वार्षिक ३ अर्ब डलर



हाम्रो इकोनोमि

 

नेपालबाट भारतीय कामदारले वार्षिक ३ अर्ब डलर बराबर रकम भारतमा पठाउने गरेका छन्। भारतमा बढी रेमिट्यान्स प्राप्त हुने देशहरुमध्ये नेपाल पहिलो ८ नम्बरमा पर्छ। भारतीयले क्यानडा र अस्ट्रेलियाबाट भारत पठाउने रेमिट्यान्स भन्दा बढी नेपालबाट भारतमा जाने गरेको छ।

 

विश्व बैंकको अध्ययन अनुसार भारत सन् २०१७ मा पनि बढी रेमिट्यान्स आर्जन गर्ने देशमा सूचिकृत भएको छ। भारतले सन् २०१७ मा ६९ अर्ब अमेरिकी डलर रेमिट्यान्स आर्जन गरेको थियो।

 

भारतले खाडी राष्ट्रहरूबाट बढी रेमिट्यान्स प्राप्त गर्ने गर्छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँग खाडीमा आपूर्ति हुने भारतीय कामदार र तिनीहरूले गर्ने आर्जन पनि वृद्धि भएका कारण सन् २०१७ मा बढी रेमिट्यान्स प्राप्त गर्नेमा भारत पहिलो बन्न सफल भएको हो।

 

भारतले सन् २०१७ मा सबैभन्दा बढी रेमिट्यान्स संयुक्त अरब इमिरेट्स (युएई) बाट १३.८ अर्ब अमेरिकी डलर प्राप्त गरेको थियो। युएईमा २८ लाख भारतीय काम गर्छन्।

 

त्यस्तै, ४५ लाख भारतीयहरू रहेको संयुक्त राज्य अमेरिकाबाट ११.७ अर्ब अमेरिकी डलर रेमिट्यान्स प्राप्त गरेको छ। साउदी अरेबियामा ३३ लाख भारतीय काम गर्छन्। साउदीबाट भारतले सन् २०१७ मा ११.२ अर्ब अमेरिकी डलर रेमिट्यान्स प्राप्त गरेको थियो।

 

झण्डै ९ लाख हाराहारीमा भारतीय काम गर्ने कुवेतबाट ४.६ अर्ब डलर रेमिट्यान्स भारत भित्रिएको थियो भने कतार र बेलायतबाट क्रमशः ४.१ अर्ब र ३.९ अर्ब अमेरिकी डलर रेमिट्यान्स प्राप्त भएको थियो। ८ लाख भारतीय काम गर्ने ओमनबाट ३.३ अर्ब अमेरिकी डलर भित्रिएको थियो।

 

नेपालमा ६ लाख जति भारतीयहरू काम गर्छन्। नेपालबाट ३ अर्ब अमेरिकी डलर भित्रिएको छ। नेपालमा काम गर्ने भारतीयहरूको प्रतिव्यक्ति आय (वार्षिक) ३४ लाख रुपैँया रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।

 

भारतले नेपालबाट लैजाने रेमिट्यान्स क्यानडा र अस्ट्रेलियाबाट जाने भन्दा बढी हो। क्यानडामा काम गर्ने १० लाख भारतीयले २.९ अर्ब अमेरिकी डलर भारत पठाएका छन्। अस्ट्रेलियाबाट ५ लाख भारतीयले काम गरेर सन् २०१७ मा २ अर्ब अमेरिकी डलर रेमिट्यान्स पठाएका छन्।

 

विश्व बैंकको प्रतिवेदन अनुसार, सन् २०१७ मा विश्वमै बढी रेमिट्यान्स प्राप्त गर्नेमा भारत (६९ अर्ब डलर), चीन (६४ अर्ब डलर) फिलिपिन्स (३३ अर्ब डलर), मेक्सिको (३१ अर्ब डलर), नाइजेरिया (२२ अर्ब डलर), इजिप्ट (२० अर्ब डलर), पाकिस्तान (२० अर्ब डलर), भियतनाम (१४ अर्ब डलर), बंगलादेश (१३ अर्ब डलर) र इण्डोनेसिया ९ अर्ब डलर रेमिट्यान्स प्राप्त गरेका छन्। नेपालले भने वार्षिक ६.५ अर्ब डलरको हाराहारीमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...